जेठ ०५, २०८१, शनिबार
               

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई भारतमा भव्य स्वागत

एजेन्सी
फागुन १२, २०७६

ADVERTISEMENT

अहमदाबाद । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत पुगेका छन् । उनलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सरदार भल्लवभाइ पटेल अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका हुन् ।

राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने औपचारिक भ्रमणको क्रममा सोमबार भारत पुगेका हुन् । राष्ट्रपति ट्रम्पलाई भारतीय संस्कृति झल्कने विभिन्न झाँकीका साथ भव्य स्वागत गरिएको छ । ट्रम्प सवारी हुने सडकका दायाँबायाँ ठूलो संख्यामा मानिसहरु ट्रम्पलाई स्वागत गर्न भेला भएका छन् । राष्ट्रपति ट्रम्पलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदाबाद विमानस्थलमा स्वागत गरेका थिए ।

ट्रम्प विमानस्थलमा ल्यान्ड गर्नेबित्तिकै मोदीले अंकमाल गरेका थिए । मोदीको गृहराज्य गुजरातमा निर्माण भएको विश्वकै सबै भन्दा ठूलो क्रिकेट रङ्गशालामा आयोजना हुने विशाल सभालाई राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्नेछन् । करिब १ लाख व्यक्ति सहभागी हुने अनुमान गरिएको छ । 

भ्रमणमा राष्ट्रपतिका साथ उनकी पत्नी मेलानीया ट्रम्प समेत अन्य विशिष्ट व्यक्तिहरु सहभागी रहेका छन् । विमानस्थलबाट राष्ट्रपति ट्रम्प र उनकी पत्नी मेलानीया ट्रम्प सावरमती आश्रम (गान्धी आश्रम) मा गएका छन् । त्यसपछि उनीहरु क्रिकेट रङ्गशालामा आयोजना हुने कार्यक्रममा सहभागी  हुनेछन् । 

अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएपछि ट्रम्पले पहिलो पटक भारत भ्रमण गरेका हुन् । यस भ्रमणले दुई देशबीचको सम्बन्धलाई थप उचाई प्रदान गर्ने बताइएको छ । 


कस्तो लाग्यो ?

यो पनि