जेठ ०५, २०८१, शनिबार
               

ताजमहल घुम्ने ट्रम्प तेस्रो राष्ट्रपति

एजेन्सी
फागुन १२, २०७६

ADVERTISEMENT

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आज दुई दिने भारत भ्रमणको सिलसिलामा दिल्ली आउँदैछन् । 

आज साँझ राष्ट्रपति ट्रम्प पत्नी मेलानियासँग आगरामा रहेको ताजमहल अवलोकनको लागि जानेछन् । 

ताजमहल अवलोकनमा जाने ट्रम्प अमेरिकाको तेस्रो राष्ट्रपति हुनेछन् । यसअघि सन् १९५९ मा ड्वाइट आइजनहाँवर र सन् २००० मा बिल क्लिन्टन आगरा पुगेका थिए ।

ट्रम्पको सुरक्षाको लागि आगरामा विशेष व्यवस्था मिलाइएको छ । तर ६० वर्षअघि जब आइजनहाँवर आगरा आएका थिए उनी खुला कारमा भारतका तत्कालीन भारतीय प्रधानमन्त्री जवाहर नेहरुसँग घुमेका थिए ।

बिल क्लिन्टनको आगरा भ्रमणमा भने सडक र फुटपाथ खाली गराइएको थियो ।


कस्तो लाग्यो ?

यो पनि