बैशाख २२, २०८१, शनिबार
               

स्कुलको परीक्षामा चार विद्यार्थीमाथि एसिड आक्रमण

एजेन्सी
फागुन ११, २०७६

ADVERTISEMENT

एजेन्सी । भारतको हिमाञ्चल प्रदेशस्थित हमीरपुर जिल्लामा रहेको सिनियर सेकेन्डरी स्कुलका चार विद्यार्थीमाथि एसिड प्रहार भएको छ ।

शनिबार एक विद्यार्थीले वार्षिक परीक्षाअन्तर्गत प्राक्टिकलको क्रममा १० कक्षामा पढ्ने तीन छात्रा र नौ कक्षामा पढ्ने एक छात्रमाथि एसिड प्रहार गरेका हुन् । 

चारै जना विद्यार्थीको अनुहार जलेको छ । उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।
 
एसिड छ्याप्ने विद्यार्थी फरार छन् । त्यहाँको प्रहरीको अनुसार, उनको खोजी कार्य जारी छ । उनले यसअघि पनि स्कुलमा बदमासी गर्दै आएका थिए । 


कस्तो लाग्यो ?

यो पनि