जेठ ०५, २०८१, शनिबार
               

अमेरिकी गायक पोप स्मोकको हत्या

एजेन्सी
फागुन १०, २०७६

ADVERTISEMENT

एजेन्सी । अमेरिकी पप गायक तथा र्यापर पोप स्मोकको गोली हत्या भएको छ । ‌‍

गत बुधबार उनीमाथि गोली हानी हत्या गरिएको हो । उनी भाडाको घरमा बस्दै आएका थिए ।

लस एन्जल्स प्रहरीले के कारणले उनको हत्या भयो भन्ने विषयमा अनुसन्धान भइरहेको जनाएको छ ।

नकावधारीहरुले हत्या गरेको प्रहरीले जानकारी दिएको छ । 

बुधबार अपराह्न ४ः३० बजे उनीमाथि गोली प्रहार भएको  सिसि क्यामेरा फुटेजमा देखिएको पनि प्रहरीेल जनाकारी दिएको छ । गोली लागेर घाइते भएका पोपको अस्पताल लैजादैँ गर्दा मृत्यु भएको हो । 

गत १२ फेब्रुअरीमा उनले आफ्नो नयाँ एल्बम ‘मिट दि वो २’ रिलिज गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि