बैशाख २५, २०८१, मंगलबार
               

ट्रम्पका मित्र तथा पूर्वसल्लाहकार रोजर स्टोनलाई जेलसजाय
संसदमा झूटो बोलेको आरोप

नेपाल फ्ल्यास
फागुन ०९, २०७६

ADVERTISEMENT

अमेरिकाको एक अदालतले राष्ट्रपति डोनाल्ड ट्रम्पका पूर्व सल्लाहकार रोजर स्टोनलाई ४० महिना जेल र २० हजार डलर जरिवानाको सजाय सुनाएको छ । गएको नोभेम्बरमा अमेरिकी संसदमा ७ पटकसम्म झूटो बोलेको, काममा बाधा पुर्याएको र विभिन्न महत्वपूर्ण विषयलाई गुमराहमा राखेको अभियोग पुष्टि गर्दै अदालतले स्टोनलाई सजाय सुनाएको हो ।

कङ्ग्रेससमक्ष झूटो बोलेको, अवरोध खडा गरेको र प्रत्यक्षदर्शीलाई प्रभावित पारेको अभियोगमा ६७ वर्षीय स्टोनलाई गत नोभेम्बर महिनामा दोषी पाइएको थियो । स्टोनले आफूलाई धम्काएको न्यायाधीशले बताएकी छन् भने ट्रम्पले उनलाई सफाइ दिइनुपर्ने बताएका छन् । 
सन् २०१६ मा ट्रम्पको चुनावी अभियानलाई सघाउन रुसले प्रयत्न गरेको पाएको अमेरिकी न्याय मन्त्रालयको अनुसन्धानसँग जोडिएका स्टोन ट्रम्पका छैटौँ सल्लाहकार हुन् जो दोषी ठहर भएका छन् ।

विकिलिक्ससँग सम्पर्क स्थापित गर्ने आफ्ना प्रयासहरूबारे संसद्को गुप्तचर समितिसमक्ष झूटो बोलेको भन्दै स्टोनलाई दोषी ठहर गरिएको हो । विकिलिक्सले ट्रम्पका डेमोक्र्याटिक प्रतिद्वन्द्वी हिलरी क्लिन्टनसम्बन्धी चुहावट गरिएका इमेलहरू सार्वजनिक गरेको थियो । अमेरिकी गुप्तचर अधिकारीहरूका अनुसार रुसी ह्याकरहरूले क्लिन्टनसम्बन्धी इमेलहरू चुहावट गरेका थिए । स्टोनलाई २० हजार डलर जरिवाना तिर्न र समुदायमा २५० घण्टा सेवा गर्न पनि न्यायाधीशले आदेश दिएकी छन् ।
 


कस्तो लाग्यो ?

यो पनि