बैशाख २५, २०८१, मंगलबार
               

जर्मनीमा गोली चल्दा ८ जना मारिए

नेपाल फ्ल्यास
फागुन ०८, २०७६

ADVERTISEMENT

 पश्चिम जर्मनीको हनाउ सहरमा रहेको दुई वटा रेस्टुरेन्टमा गोली चल्दा ८ जनाको ज्यान गएको छ ।

बन्दुकधारीले स्थानीय समयअनुसार राति १० बजे गोली प्रहार गरेका थिए । घटनामा कम्तीमा पनि ५ जना घाइते भएका छन् ।

सिटी सेन्टरमा रहेको रेस्टुरेन्टमा पहिलो गोली चलेको थियो । त्यसलगत्तै हनाउ सहरको केसेलस्टाड नजिक गोली चलेको थियो ।

पहिलो गोली काण्डमा तीन जना मारिएका थिए भने दोस्रो काण्डमा पाँच जनाको ज्यान गएको अधिकारीहरूले जनाएका छन् ।

गोली चलाउनेको परिचय खुली सकेको छैन । हनाउ सहर हेसन प्रान्तमा पर्छ, जुन फ्र्याङ्कफर्टबाट पूर्वतर्फ २५ किलोमिटर टाढा रहेको छ ।


कस्तो लाग्यो ?

यो पनि