बैशाख २४, २०८१, सोमबार
               

दक्षिण कोरियाका पूर्व राष्ट्रपतिलाई १७ वर्ष जेल सजाय

नेपाल फ्ल्यास
फागुन ०७, २०७६

ADVERTISEMENT

दक्षिण कोरियाका पूर्वराष्ट्रपति ली म्युङ बाक लाई भ्रष्टाचारको आरोपमा त्यहाँको अदालतले १७ वर्ष जेल सजाय सुनाएको छ । 

अदालतबाट ली म्युङविरुद्ध यसअघि तोकिएको सजाय घटाउन मागदाबी गर्दै दायर पुनरावेदन अदालतले बुधबार खारेज गरिदिएको हो । 
सन् २००८ देखि २०१३ सम्म राष्ट्रपति रहेका उनलाई सन् २०१८ मा जेल हालिएको थियो ।

उनीमाथि त्यसबखत १५ वर्षको जेल सजाय र एक करोड १० लाख अमेरिकी डलर जरिवाना तोकिएको थियो । तर अदालतमा अपिल गरेपछि उहाँलाई तारेखमा छाडिएको थियो ।

सियोलस्थित जिल्ला अदालतमा बुधबार भएको सुनुवाइका क्रममा अदालतले विगतको भन्दा बढी सजाय सुनाएको हो ।

आफूले विगतमा गरेका गल्तीको म्युङले कुनै प्रायःश्चित नगरेको र जिम्मेवारीबोध समेत नगरेको अदालतको ठहर छ ।

आफ्नो शासनकालमा राष्ट्रपति म्युङले पदीय दुरुपयोग गरी करछलीको आरोपमा जेलमा परेका सामसुङ इलेक्ट्रोनिक्सका अध्यक्ष ली कुन–हीलाई जेलबाट छुटाउन घुस लिएर माफी दिएको आरोप लगाइएको छ । 

अर्का पूर्वराष्ट्रपति पार्क गिउन–हेलाई शक्तिको दुरुपयोग गरेको आरोपमा ३२ वर्षको जेल सजाय दिइएको छ ।

यो पनि