बैशाख २५, २०८१, मंगलबार
               

चीनले ६ दिनमा मास्क फ्याक्ट्री बनाउने
दैनिक दुई लाख पचास हजार उत्पादन

नेपाल फ्ल्यास
फागुन ०५, २०७६

ADVERTISEMENT

काठमाडौं । कोरोना भाइरस प्रकोपका कारण मास्क अभाव भएपछि चीनले बेइजिङमा ६ दिनभित्रै मास्क फ्याक्ट्री बनाउने भएको छ । चाइना कन्सट्रक्सन फस्र्ट कम्पनीले औद्योगिक भवन बनाउन लागेको हो ।

फ्याक्ट्रीले प्रतिदिन २ लाख ५० हजार मास्क उत्पादन गर्ने बताइएको छ । सोमबारबाट बनाउन भवन यसै हप्ताको शनिबार बनिसक्नेछ । कामदारहरूलाई कोरोना भाइरसको संक्रमणबाट बचाउँन प्रत्येक दिन स्वास्थ्य जाँच गरिने र लक्षण देखिएका कामदारहरूलाई अलगै राख्ने सिन्ह्वाले जनाएको छ ।

चीन कोरोना भाइरस महामारीविरुद्ध लडिरहेको छ । स्वास्थ्यकर्मी एवं सर्वसाधारणका लागि मास्क अभाव भइरहेको छ। भवन निमार्णका क्रममा आवश्यक मेडिकल र अन्य सामग्रीका लागि सरकारले सहयोग गर्ने भएको छ ।


कस्तो लाग्यो ?

यो पनि