बैशाख २४, २०८१, सोमबार
               

तस्करले बनाए अमेरिका-मेक्सिको सीमामुनि यस्तो सुरुङ

एजेन्सी
फागुन ०५, २०७६

ADVERTISEMENT

मेक्सिको र अमेरिकाको सीमामुनि एउटा लामो सुरुङ फेला परेको छ।

तस्करहरूले लागुपदार्थ तथा अन्य प्रतिबन्धित सामग्री ओसारपसार गर्न उक्त सुरुङ निर्माण गरेको आशङ्का दुई देशका अधिकारीहरूको छ।

दुई देशलाई जोड्ने यो सुरुङ अहिलेसम्म फेला परेका सुरुङमध्ये सबैभन्दा लामो भएको उनीहरूले बताएका छन् ।

उक्त सुरुङ १.३ किलोमिटर लामो छ । उक्त सुरुङ १.७ मिटर अग्लो र ६० सेन्टिमिटर चौडाइको छ । यो जमिनभन्दा झण्डै २१ मिटर तल छ ।

यस सुरुङले मेक्सिकोको टिहुवानास्थित एउटा औद्योगिक क्षेत्र र अमेरिकाको स्यान डिएगो क्षेत्रलाई जोड्दछ । 

मेक्सिकोका गिरोहहरुले घातक लागूपदार्थ र अन्य प्रतिवन्धित सामाग्रीहरु भूमिगत रुपमा अमेरिका तस्करी गर्ने गर्दछन् । 

यसैबीच, सुरुङ रहेको थाहा पाएसँगै गरिएको अनुगमनमा त्यहाँ केही सामाग्री र कोही व्यक्ति समेत फेला नपरेको बिबिसीले उल्लेख गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि