बैशाख २४, २०८१, सोमबार
               

कवाडीमा किनेको स्कुल भ्यान आगलागी हुँदा ४ विद्यार्थीको मृत्यु

नेपाल फ्ल्यास
फागुन ०५, २०७६

ADVERTISEMENT

एजेन्सी । भारतको पञ्जाब राज्यस्थित संगरुर जिल्लमा रहेको सिमरन पब्लिक स्कुलको एक स्कुल भ्यानमा शनिबार आगलागी भयो । उक्त आगलागीमा भ्यानमा रहेका चार जना विद्यार्थीको मृत्यु भयो ।

खबरअनुसार, स्कुल संचालकले शुक्रबार मात्रै २५ हजार भारुमा कवाडीमार्फत उक्त भ्यान किनेका थिए ।

त्यहाँको प्रहरीले भ्यानको ड्राइभर र स्कुल प्रिन्सिपललाई पक्राउ गरेको छ । 

उनीहरुविरुद्ध धारा ३०२ अन्तर्गत मुद्दा चलाइने भएको छ । स्कुलदेखि २०० मिटर दुरीमा उक्त घटना भएको थियो ।

भ्यानमा भएको आगलागीमा परेर ४ छात्र कमलप्रित, आराध्या, नवजोत कौर र सिमरनजित सिंहको जलेर मृत्यु भएको थियो ।

प्रहरीका अनुसार, कवाडीबाट किनिएको उक्त पूरानो भ्यान सञ्चालनको लागि योग्य थिएन भने आरसिटी पास समेत थिएन । गैरकानुनी रुपमा उक्त भ्यान सञ्चालन भएको थियो ।

घटनामा परेर ज्यान गुमाएका बच्चाहरुको रामबाग भन्ने स्थानमा एकसाथ दाहसंस्कार गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि