बैशाख २४, २०८१, सोमबार
               

निर्दयी आमाः जसले बच्चा जन्मनेबित्तिकै हँसिया घोपेर हत्या गरिन्

एजेन्सी
फागुन ०५, २०७६

ADVERTISEMENT

एजेन्सी । एक दिनको नवजात शिशुको हत्या गरेको अभियोगमा भारतको मध्य प्रदेशस्थित मोहन बडोदया प्रहरीले आमा मञ्जु बाईलाई पक्राउ गरेको छ ।

उनले घटनाको बारेमा प्रहरीसमक्ष बयान दिएकी छिन् । उनले भनिन्, 'मलाई छोरा चाहिएको थियो तर, छोरीको जन्म भयो त्यसैले मैले उसलाई मारिदिएँ ।'

उनका अनुसार, छोरी जन्मिएपछि उनी यति तनाबमा पुग्नि कि, जुन तनावले उनी निर्दयी आमा बन्न पुगिन् । 

पहिले उनले बच्चाको गर्दनमा हँसियाले हानिन् । बच्चा तड्पिन थाल्यो । त्यसपछि उनले हँसियाको चुच्चो धार पेटमा घुसाइदिइन् । त्यसपछि बच्चाको मृत्यु भयो ।

प्रहरीले पक्राउ गरेपछि प्रहरी थानामा मञ्जु बेस्सरी रोइन् । छोरा नजन्मिएपछि बच्चाको हत्या गरेको सुनाइन् ।  

मञ्जुको एक छोरी छिन् । त्यसपछि एकपटक आफ्नो गर्भपतन भएको उनले बताइन् ।

शिशु हत्या प्रकरणमा उनीविरुद्ध धारा ३०२ अन्तर्गत मुद्दा चलाइएको प्रहरीले जानकारी दिएको छ ।


मोहन बडोदया प्रहरी थानामा पहिलो छोरीको साथमा मञ्जु बाई

यस्तो थियो घटना 

-बच्चालाई जन्म दिएर मञ्जु फेब्रुअरी १३ मा अस्पतालबाट घर फर्किइन् ।

-घर आउनेबित्तिकै आफ्नी छोरीको घाँटीमा हँसिया प्रहार गरिन् । पेट र गर्धनमा पनि प्रहार गरिन् । 

-शिशु निकै रोएको सुनेर छिमेकी त्यहाँ पुगे । 

-मञ्जुले छोरा नजन्मिएका कारण यस्तो गरेको बताइन् ।

-मञ्जुको परिवारले शिशुलाई जिउँदो देखेर  अस्पताल लगे । 

-अस्पतालमा बालिकाको १४ फेब्रुअरीमा ज्यान गयो ।


कस्तो लाग्यो ?

यो पनि