बैशाख २४, २०८१, सोमबार
               

नाइजेरियामा तीस जनाको विभत्स हत्या

एजेन्सी
फागुन ०४, २०७६

ADVERTISEMENT

 हतियारधारी समूहको आक्रमणमा परी अफ्रिकी मुलुक नाइजेरियामा ३० जनाको मृत्यु भएको छ ।  देशको उत्तरपश्चिमी क्षेत्रमा पर्ने ग्रामीण क्षेत्रमा भएको हिंसात्मक घटनामा परी उनीहरूको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् ।   

प्रहरी अधिकारीहरूले आइतबार दिएको जानकारी अनुसार मोटरसाईकलमा आएका दर्जनौ बन्दुकधारीले गाउँलेहरूलाई अन्धाधुन्ध आक्रमण गरेका थिए । 

उनीहरूले काट्सीना राज्यमा पर्ने साउवा र डाङकर गाउँमा बस्ने स्थानीय बासिन्दालाई शुक्रबार गोली प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ । आक्रमणकारीहरूले स्थानीय बासिन्दालाई घर घरमै आक्रमण गर्नुका साथै उनीहरूको घरमा समेत आगजानी गरेका छन् । 

“हतियारधारी आक्रमणकारीहरूले साउवामा २१ जनाको हत्या गरेका छन् भने अरु नौ जनालाई डाङ्कर गाउँमा हत्या गरेका छन्,” कात्सिनाका प्रहरी प्रवक्ता गाम्बो इसाहले भने। 

मृत्यु भएका मध्ये अधिकांश बृद्धबृद्धा र बालबालिका रहेका छन् । आक्रमणकारीहरूले आक्रमण गर्न थालेपछि भाग्न नसकेकाले मृत्यु हुनेमा बृद्धबृद्धा र बालबालिका धेरै भएको अधिकारीहरूले जनाएका छन् ।

आक्रमणकारीहरूले मानव हत्या र घरहरूमा आगजनी गरेकाले घटना दर्दनाक देखिएको प्रहरीकोभनाइछ । 

स्थानीय एक बासिन्दाले भने, “यति दर्दनाक र क्रुर घटना मैले जीवनमा अहिलेसम्म देखेको थिइनँ ।''


कस्तो लाग्यो ?

यो पनि