बैशाख २३, २०८१, आइतबार
               

'नायक'का नायकसँग केजरीवालको तुलना

नेपाल फ्ल्यास
फागुन ०४, २०७६

ADVERTISEMENT

अरविन्द केजरीवालले आज तेस्रोपटक दिल्लीको मुख्यमन्त्रीका रुपमा सपथ लिनेछन् । नेपाली समयअनुसार १२ बजेर ३० मिनेटमा  रामलिला मैदानमा उनीसँगै मनिषा सिसाेदिया समेतका ६ मन्त्रीले सपथ लिनेछन् । 

आम आदमी पार्टीले सपथ समारोहका लागि प्रधानमन्त्री नरेन्द्र मोदीबाहेक अन्य कुनै नेतालाई निम्ता दिएको छैन । भर्खरै सम्पन्न विधानसभा निर्वाचनमा ७० मध्ये ६२ सिट जित्दै आम आदमी लगातार तेस्रोपटक दिल्लीको सत्तामा आएको हो ।  सपथ समारोहमा दिल्‍लीको विकासमा याेगदान गर्ने ५० जनालाई प्रमुख अतिथीका रुपमा बोलाइएको छ । सार्वजनिक शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा गरेको सुधारका कारण आम आदमीलाई जनताले साथ दिएका हुन् । 

शनिबार राती केजरीवालले मन्त्री पदको सपथ लिन लागेका ६ विधायकसँग डिनर गरेका थिए । यस दौरान मनिषा सिसाेदिया, सत्येन्द्र जैन, गोपाल राय, कैलाश गहलोत, इमरान हुसैन र राजेन्द्र गौतम उपस्थित थिए ।  रामलिला मैदानमा सयाै‌ंको संख्यामा उपस्थित कार्यकर्ताले मञ्चलाई झकिझकाउ पारेका छन् ।

समर्थकहरुले केजरीवालको तुलना हिन्दी चलचित्र नायकका मुख्य पात्रसँग गर्दै आएका छन् । २००१ मा रिलिज भएको नायकमा अनिल कपूर एक पत्रकारका रुपमा मुख्य भूमिकामा छन् । यी पात्रले मुख्यमन्त्री बनेको २४ घण्टाभित्रै भ्रस्टाचार नियन्त्रण गरेको कथा फिल्ममा समावेश छ । 'रियल लाईफका नायक' भनेर  वाहवाही बटुलेका केजरीवाल भ्रस्टाचारविरोधी आन्दोलन र सुशासनकाे मुद्दा उठाएर राजनीतिमा स्थापित भएका हुन् । 


कस्तो लाग्यो ?

यो पनि