बैशाख २३, २०८१, आइतबार
               

इराकस्थित अमेरिकी सेनामाथि कसले गर्यो आक्रमण ?

एजेन्सी
फागुन ०२, २०७६

ADVERTISEMENT

एजेन्सी । इराकको किर्कुक प्रान्तमा रहेको अमेरिकी सेना रहेको सैन्य बेस क्याम्पमा रकेट हमला भएको छ । घटनामा कुनै हताहती नभएको अन्तराष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

बिहीबार राति उक्त क्षेत्रमा रकेट प्रहार भएको बताइएको छ । लगत्तै, अमेरिकी सेनाको विमानले सो क्षेत्रमा गस्ती सुरु गरेको थियो ।

सन् २०१९ को डिसेम्बर २७ पछि उक्त बेसमा हमला भएको यो पहिलो पटक हो । 

त्यतिबेला बेसमा एकैपटक ३० वटा रकेट प्रहार हुँदा एक अमेरिकी ठेकेदारको मृत्यु भएको थियो । 

वासिङटनले उक्त हमलाको आरोप इरानसँग निकट रहेको काइताब हजबुल्लाहमाथि लगाएको थियो ।

अमेरिकाले उक्त आक्रमणको जवाफी कारवाही गर्दा २५ काइताब हजबुल्लाह लडाकु मारिएका थिए । 

केही दिनपछि अमेरिकाले इस्लामिक रेभुलुसनरी गार्ड कर्प्स (आईआरजीसी) कुड्स फोर्सका जनरल कासेम सुलेमानी तथा काइताब हजबुल्लाहका संस्थापक अबु महदी अल मुहान्दिसको ड्रोन हमला गरी हत्या गरेको थियो ।

पछिल्लो रकेट हमला पनि यही हत्याको विरुद्धमा भएको हुनसक्ने अनुमान गरिएको छ ।

सुलेमानी र महदीको हत्यापछि इराकी सांसदले जनवरी ३ मा इराकमा रहेका ५ हजार अमेरिकी सेनालाई त्यहाँबाट हट्न मतदान गरेको थियो । 

तर, अझै पनि अमेरिकी सेना इराकमा तैनाथ रहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि