बैशाख २३, २०८१, आइतबार
               

टर्कीको आक्रमणमा ५५ सिरियाली सैनिक मारिए

नेपाल फ्ल्यास
फागुन ०१, २०७६

ADVERTISEMENT

टर्कीका सुरक्षाकर्मीहरूले सरियाको दक्षिण पूर्वी प्रान्त इदलिबमा गरेको आक्रमणमा ५५ सिरियाली सुरक्षाकर्मीको मृत्यु भएको छ । 

सिरियाको दक्षिणपूर्वी प्रान्त इदलिबमा भएको घटनामा परी उनीहरू मारिएको टर्कीका अधिकारीले बिहीबार जानकारी दिएका छन् । 

“हाम्रा श्रोत तथा संयन्त्रहरूमार्फत हामीलाई प्राप्त पछिल्लो जानकारी अनुसार इदलिब क्षेत्रमा भएको पछिल्लो घटनामा परी कम्तीमा ५५ जना मारिएका छन्,” टर्कीको रक्षा मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ । 

मारिएका र नियन्त्रण गरिएका कुरालाई टर्कीका अधिकारीहरूले ‘निष्प्रभावित पारिएको’ भन्ने शब्दको प्रयोग गरेका छन् ।

टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले सिरियाली सेनाले निहुँ खोजेमा प्रतिआक्रमण गर्ने  चेतावनी दिएको भोलिपल्ट यो घटना भएको हो ।  

आफ्नो देशका सुरक्षाकर्मीहरूलाई सिरियाली सुरक्षाकर्मीले आक्रमण गरेमा वा दुःख दिएमा आफूहरूले पनि आक्रमण गर्ने उgले चेतावनी दिएका थिए । 

टर्कीका सुरक्षाकर्मीविरुद्ध फेरि अर्को आक्रमण भए कुनै सङ्कोचबिना टर्कीका सुरक्षाकर्मीहरूले सिरियाका सुरक्षाकर्मीहरूलाई आक्रमण गर्ने उनको भनाइ थियो । सिरियाको इदलिब प्रान्तमा केही हप्तादेखि दुई देशका सुरक्षाकर्मीबीचमा विवाद तथा सङ्घर्ष चलिरहेको छ । 


कस्तो लाग्यो ?

यो पनि