बैशाख २३, २०८१, आइतबार
               

दिल्लीमा आपले फेरि दुइतिहाइ सिटमा कब्जा जमाउने सङ्केत

एजेन्सी
माघ २८, २०७६

ADVERTISEMENT

दिल्ली । भारतीय राजधानी दिल्ली विधान सभाका लागि गत शनिवार सम्पन्न मतदानको मत गणना मङ्गलवार सुरु भएको छ ।

केन्द्रमा शासन गरिरहेका प्रधानमन्त्री नरेन्द्र मोदीको दल भारतीय जनता पार्टी (बिजेपि) को २२ वर्षपछि भारतको राजधानीको सत्तामा फर्कने चाहना पुरा नहुने सङ्केत मतगणनाका प्रारम्भिक रुझानमा देखिएको छ । हालसम्मको मत गणनालाई आधार मान्ने हो दिल्लीमा शासन गरिरहेको मुख्यमन्त्री अरविन्द केजरीवालको दल आम आदमी पार्टी (आप) फेरि एक पटक सानदार विजयतर्फ उन्मुख भइरहेको छ ।

दिल्लीको कुल ७० सिटमध्ये आपले ५७ सिटमा अग्रता लिइरहेको छ भने बिजेपि १३ सिटमा अगाडि छ । पछिल्लो चुनाव झैँ यसपालि पनि काँग्रेसको भागमा एक सिट पनि नपर्ने देखिएको छ ।

५ वर्षअघिको चुनावको तुलनामा अहिले आपलाई १० सिटको नोक्सानी भइरहेको छ भने बिजेपिलाई त्यति नै सिट नाफा भइरहेको छ । आपले विगत ५ वर्षमा आफूहरूले गरेको कामका आधारमा दिल्लीका जनतासँग मत मागेको थियो भने बिजेपिले राजनीतिक मुद्दालाई अगाडि सारेको थियो । जसमा आपको चुनावी रणनीति सफल भइरहेको विश्लेषण गरिएको छ ।

दिल्लीमा यसपालि कीर्तिमानी ६२.५९ प्रतिशत भोट खसेको चुनाव आयोगले जनाएको छ ।  


कस्तो लाग्यो ?

यो पनि