जेठ ०५, २०८१, शनिबार
               

पपुआ न्यु गिनीमा शक्तिशाली भूकम्प

एजेन्सी
माघ २६, २०७६

ADVERTISEMENT

 रासस ।  पपुआ न्यु गिनीमा आइतबार ६.२ म्याग्नीच्यूडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ । भूकम्प निकै शक्तिशाली भए पनि  अहिलेसम्म कुनै सुनामीको चेतावनी दिइएको छैन । 

युएसजिएसका अनुसार पपुआ न्यु गिनीको राजधानीबाट करिब १ सय २२ किलोमिटर दक्षिणस्थित कोकोपोलाई केन्द्र बनाएर स्थानीय समय अनुसार अपराह्न ४ बजे भूकम्प गएको थियो ।

अस्ट्रेलियाली भूगर्भ वैज्ञानिक ट्रेभर आलेनका अनुसार भूकम्पको गहिराइ कम रहेकाले तटीय क्षेत्रका मानिसले भूकम्पको ठूलै झट्का महशुस गरेको हुन सक्ने बताउनुभयो । 

मानव बस्ती पातलो रहेको र घरहरुको बनावट भूकम्प प्रतिरोधी रहेकाले धनजनको क्षति कम हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । पपुआ न्यु गिनी भूकम्पीय उच्च जोखिममा रहेको मुलुक हो । 
––


कस्तो लाग्यो ?

यो पनि