जेठ ०५, २०८१, शनिबार
               

सेनाका जवानले अन्धाधुन्ध गोली चलाउँदा २० को मृत्यु

एजेन्सी
माघ २६, २०७६

ADVERTISEMENT

बिबिसी । थाइल्याण्डको राजधानी बैंकको उत्तर पूर्वमा रहेको नकोन रेटचासीमा शहरमा एक सेनाका जवानले अन्धाधुन्ध गोली चलाउँदा कम्तीमा २० जनाको मृत्यु भएको छ ।

त्यहाँका रक्षा मन्त्रालयका अनुसार जकराफन्थ थोमा नामक कनिष्ठ अधिकारीले सैन्य क्याम्पबाट हतियार चोर्नुअघि आफ्नो कमान्डिङ अधिकारीमाथि हमला गरे ।

त्यसपछि उनले शहरको सपिङ सेन्टर र बौद्ध मन्दिरमा गोलाबारी गरे । 

थाइ सरकारका अनुसार घटनास्थलमा १६ जनाको मृत्यु भएको र अन्य चारजनाको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

घटनामा ३१ जना घाइते भएका छन् । तीमध्ये १० जनाको अवस्था गम्भीर रहेको बताइएको छ । 

प्रहरीले हमलाकर्ताको खोजी गरिरहेको छ । 

त्यहाँको प्रशासनले सपिङ सेन्टर सील गरेको छ र संदिग्धको खोजी गरिरहेको छ । स्थानीयलाई आफ्नै घरभित्र रहन पनि प्रशासनले आग्रह गरेको छ ।

संदिग्धले के कारणले हमला गरेका थिए भन्ने स्पष्ट भएको छैन । 


कस्तो लाग्यो ?

यो पनि