जेठ ०५, २०८१, शनिबार
               

कजाकस्तान भिडन्तमा आठ जनाको मृत्यु

एजेन्सी
माघ २५, २०७६

ADVERTISEMENT

नुरसुल्तान, कजाकस्तान . मध्य एसियाई मुलुक कजाकस्तानको दक्षिणको एक गाउँमा शुक्रबार भएको भिडन्तमा आठजनाको मृत्यु हुनुका साथै एक दर्जन घाइते भएका छन् । 

कजाकस्तानका गृह मन्त्री यार्लान टुर्गुमबायेभले प्रहरी र सेनाको हस्तक्षेपका कारण स्थिति नियन्त्रणमा आइसकेको बताउनुभयो । उक्त भिडन्त स्थानीय गाउँलेह¿बीच भएको थियो ।

उक्त द्वन्द्व मुख्य ¿पमा कजाख समुदाय र अल्पसंख्यक डुन्गानबीच भएको थियो । स्थानीय युवा हातहातमा लाठी र अरु घरेलु हतियार लिएर एकअर्का विरुद्ध उत्रिएको सामाजिक सञ्जालमा तस्वीरह¿ राखिएका छन् । उक्त घटना हुनुको मुख्य कारणबारे भने स्पष्ट हुन सकेको छैन । 

कजाकस्तानमा एक सयभन्दा बढी जातजाति रहेका छन् । 
––


कस्तो लाग्यो ?

यो पनि