जेठ ०५, २०८१, शनिबार
               

दिल्ली चुनाव : आप कै सरकार बन्ने प्रारम्भिक अनुमान

एजेन्सी
माघ २५, २०७६

ADVERTISEMENT

दिल्ली । भारतको राजधानी दिल्ली विधान सभाका लागि शनिवार मतदान हुँदै छ ।

भारतीय चुनाव आयोगले मतदानभन्दा ४८ घण्टा अगावै एग्जिट पोलमा बन्देज लगाएको छ । साँक्ष ६ बजे मतदान समाप्त भएपछि प्रारम्भिक अनुमान आउने छन् । ५ वर्षअघि सम्पन्न चुनावमा नवगठित आम आदमी पार्टी (आप) ले ७० मध्ये ६७ सिट जितेको थियो । बाँकी ३ सिट केन्द्रमा सरकार चलाइरहेको भारतीय जनता पार्टी (भाजपा) को पक्षमा गएको थियो । त्यस बेला दिल्लीमा सरकार चलाइरहेको काँग्रेसले एक सिट पनि जित्न सकेको थिएन ।

यसपालि मतदानअघि सार्वजनिक प्रारम्भिक सर्वेक्षणले यस पटक पनि आपले दुइतिहाइ बहुमत हात पार्ने देखाएको छ । तर, सो पार्टीले पछिल्लो चुनावको तुलनामा ८ सिट गुमाउँदै छ । यस्तै बिजेपीले ८ र काँग्रेसले ३ सिट जित्ने अनुमान गरिएको छ । एजेन्सीका अनुसार यस पटक खसेको कुल मतमध्ये आपले ५३ प्रतिशत मत पाउने छ । जुन गत चुनावको तुलनामा एक प्रतिशतले कम हो ।


कस्तो लाग्यो ?

यो पनि