जेठ ०५, २०८१, शनिबार
               

उत्तराखण्डका रेवले प्लेटफर्ममा संस्कृत भाषाको साइनबोर्ड

नेपाल फ्ल्यास
माघ २३, २०७६

ADVERTISEMENT

देहरादुन : भारतको उत्तराखण्ड राज्यका रेलवे अधिकारीहरुले रेलवे प्लेटफर्ममा उर्दू भाषाको सट्टा संस्कृत भाषाका साइनबोर्ड राख्ने निर्णय गरेका छन् । 

यसअघि हिन्दी, अंग्रेजी र उर्दू भाषामा रेलवे प्लेटफर्ममा साइनबोर्ड राख्ने गरिएको थियो । अब हिन्दी, अंग्रेजी र संस्कृत भाषामा राखिनेछ । 
रेलवे अधिकारीहरुका अनुसार रेलवेको नियम  संशोधनपछि यस्तो निर्णय गरिएको हो ।

रेलवेको नियमअनुसार हिन्दी, अंग्रेजी र राज्यको दोस्रो आधिकारीक भाषामा प्लेटफर्ममा साइनबोर्ड राख्ने गरिन्छ । सन् २०१० मा उत्तराखण्ड सरकार संस्कृत भाषालाई दोस्रो आधिकारीक भाषाको वैधता दिने भारतकै पहिलो राज्य बनेको थियो ।

तत्कालीन मुख्यमन्त्री रमेश पोखरिया निशांकले संस्कृति भाषालाई प्रवद्र्धन गर्ने आफ्नो लक्ष्य रहेको बताएका थिए ।  हिमाञ्चल प्रदेशले पनि सन् २०१९ मा  संस्कृतिलाई आफ्नो दोस्रो आधिकारीक भाषा बनाएको थियो । 


कस्तो लाग्यो ?

यो पनि