जेठ ०५, २०८१, शनिबार
               

भारतको बस दुर्घटनामा १० नेपाली घाइते

एजेन्सी
माघ २३, २०७६

ADVERTISEMENT

काठमाडौं । भारतको उत्तर प्रदेशमा बुधबार राति बस दुर्घटना हुँदा कम्तीमा १० जना नेपाली नागरिक घाइते भएका छन् ।


भारतीय संचारमाध्यमका अनुसार भारतको सिमलाबाट रुपैडिहातर्फ आउँदै गरेको बस हरिद्वार हाइवेमा दुर्घटना भएको हो ।


हरिद्वार डिपोको बस बुधबार राति काठबाट अगाडि बढ्दै गर्दा ट्रकमा ठोक्किएको हो । समान दिशामा गुडिरहेको ट्रकको पछिल्लो भागमा बस ठोक्किएको बताइएको छ ।


उक्त बस नियमित सेवाको रहेको र नेपाली तथा भारतीय नागरिक सवार रहेको बताइन्छ । भारतको रुपैडिहा नेपालको नेपालगन्जबाट नजिकै पर्छ ।


भारतीय सञ्चारमाध्यमका अनुसार तत्कालै उद्धारका लागि प्रहरी तथा एम्बुलेन्स परिचालन गरिएको थियो ।

घाइतेहरूमा  तिलक गोपाल, कासिब बोहरा, पुतली बोहरा, बलबहादुर तुलकनी, नरेन्द्र ओली, वीरबहादुरलगायत रहेको बताइएको छ । उनीहरूको ठेगाना भने खुलाइएको छैन ।


कस्तो लाग्यो ?

यो पनि