जेठ ०५, २०८१, शनिबार
               

ल्यान्ड गर्ने क्रममा विमान दुर्घटना भएपछि...

एजेन्सी
माघ २३, २०७६

ADVERTISEMENT

एजेन्सी । टर्कीको स्तानबुलमा विमान दुर्घटन भएको छ । ल्यान्डिङ गर्ने क्रममा चिप्लिएर उक्त विमान दुर्घटना भएको बताइएको छ ।

उक्त विमान पेगसास एयरलाइन्सको भएको एजेन्सीहरुले जनाएका छन् । दुर्घटनाका सम्बन्धमा विस्तृत विवरण आइसकेको छैन । तर दुर्घटनामा परी थुप्रै घाइते भएको जनाइएको छ ।

खबर अनुसार विमानमा १७७ यात्रु सवार थिए । हुरी आएको तथा वर्षा भएको समयमा ल्यान्डिङ गर्न खोज्दा विमान चिप्लिएको थियो ।

दुर्घटनालगत्तै विमानमा आगो लागेको थियो । लगत्तै अग्निनियन्त्रकले आगो नियन्त्रणमा लिएका थिए ।

टर्कीका यातायातमन्त्री मेहमत काहित तुरहानले दुर्घटनामा कसैको मृत्यु नभएको बताएका छन् । 

तर कतिजना घाइते भए भन्ने यकिन विवरण नआए पनि दुर्घटनामा परी करिब ५० जना घाइते भएको बताइएको छ ।


कस्तो लाग्यो ?

यो पनि