जेठ ०५, २०८१, शनिबार
               

ट्रम्पले पेलोसीसँग हात नमिलाएपछि...(भिडियो)

एजेन्सी
माघ २२, २०७६

ADVERTISEMENT

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यहाँको संसदको दुबै सभालाई सम्बोधन गरेका छन् । 

राष्ट्रपति ट्रम्पले तेस्रो पटक दुबै सदनलाई सम्बोधन गरेका हुन् ।

ट्रम्पको सम्बोधन सुरु हुनु अघि सभामुख न्यान्सी पेलोसीले अभिवादनस्वरुप ट्रम्पसँग हात मिलाउन खोजिन् । उनले ट्रम्पसामु हात मिलाउन आफ्नो हात अघि सारिन् तर ट्रम्पले त्यसलाई बेवास्ता गरिदिए ।

त्यसपछि (ट्रम्पको सम्बोधनपछि) पेलोसीले राष्ट्रपति ट्रम्पको सम्बोधनको प्रतिलिपी च्यातिदिइन् ।

सम्बोधनका क्रममा ट्रम्पले भने, 'मैले पदभार ग्रहण गरेपछि अमेरिकाको अर्थतन्त्रलाई सहि बाटोमा ल्याउन कोसिस गरें। हाम्रो साहसिक अभियानका कारण तेल र प्राकृतिक ग्यासको उत्पादनमा विश्वमा पहिलो स्थानमा आएको छ।'

अमेरिकी संसदको माथिल्लो सदनमा ट्रम्पको महाभियोग प्रस्तावमा बुधवार मतदान हुनेछ।


कस्तो लाग्यो ?

यो पनि