जेठ ०५, २०८१, शनिबार
               

लखनऊमा हिन्दू महासभामा गोली चल्यो, अध्यक्ष रणजित बच्चनको निधन

एजेन्सी
माघ १९, २०७६

ADVERTISEMENT

भारतको उत्तर प्रदेशको राजधानी लखनऊमा आइतबार बिहान अखिल भारतीय हिन्दू महासभाका प्रदेश अध्यक्ष रणजीत बच्चनको गोली प्रहार गरि हत्या गरिएको छ ।

रणजीत आफ्ना भाइसँगै मर्निङ वाकमा गइरहेका बेला उनीमाथि गोली प्रहार भएको हो । रणजीतका भाइलाई पनि गोली लागेको छ र उनको उपचार भइरहेको छ ।

लखनऊका अतिरिक्त प्रहरी आयुक्त नवीन अरोडाका अनुसार आइतबार बिहान ६ बजे रणजित मर्निङ वाकका लागि निस्केका थिए ।

मोटरसाइकलमा आएका हमलाकारीले गोली प्रहार गरेलगत्तै घटनास्थलमै उनको मृत्यु भएको हो ।


कस्तो लाग्यो ?

यो पनि