जेठ ०५, २०८१, शनिबार
               

बिस्कुट चोरेको आरोपमा बच्चालाई रातभर पोलमा बाँधेर कुटियो

नेपाल फ्ल्यास
माघ १९, २०७६

ADVERTISEMENT

एक प्याकेट बिस्कुट चोरेको आरोपमा १० बर्षका एक बच्चाले चरम यातना पाएका छन् ।

बच्चालाई बिजुलीको पोलमा बाँधेर पिटिएको थियो । यो घटना भारतको हो । बच्चालाई कुटपिट मात्र गरिएन, त्यही चिसोमा रातभर पोलमै बाँधेर राखियो ।

यस घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । घटना बिहार, हिसुवास्थित मिल्की गाउँको हो । खबरअनुसार, यस घटनाको जाकारी पाएर पनि प्रहरी राति घटनास्थल गएन ।

पञ्चायत बैठक

भेलिपल्ट बिहान पञ्चायतले दुई पक्षलाई बैठकमा बोलायो । जसले बच्चालाई चोरीको आरोप लगाएर पिटेका थिए, उनले (बच्चाका बाबुलाई) बच्चालाई अनुशासनमा राख्न सल्लाह दिए ।

मिल्की निवासी भत्तू चौहानको पसलबाट बिस्कुट चोरी गरेको आरोपमा करण बेलदारी गाउँका बच्चा कुटिएका हुन् । 


कस्तो लाग्यो ?

यो पनि