जेठ ०५, २०८१, शनिबार
               

२३ बच्चा बन्धक बनाएका अपहरणकारी मुठभेडमा मारिए
अस्पतालमा श्रीमतीको ज्यान गयो

एजेन्सी
माघ १७, २०७६

ADVERTISEMENT

एजेन्सी । भारतको उत्तर प्रदेशको फार्रुखाबाद जिल्लाको मोहम्मदाबाद इलाकामा २३ बालबालिकालाई बन्धन बनाउने व्यक्ति सुभाष बाथमको मृत्यु भएको छ । 

प्रहरीसँगको मुठभेडमा उनको मृत्यु भएको भातरीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । खबरअनुसार, बच्चाहरु भने सुरक्षित छन् ।

कानपुर क्षेत्रका प्रहरी महानिरीक्षक मोहित अग्रवालले  अपहरणकर्ता सुभाषको पुलिस मुठभेडमा मृत्यु भएको र सबै बच्चालाई बचाइएको बताएका छन् ।

मोहित अग्रवालका अनुसार अपहरणकर्ताले ती बालबालिकाको रिहाईका लागि एक करोड रकम मागेका थिए ।

यसका साथै उनले आफूमाथि लागेको हत्याको अभियोग पनि फिर्ता लिन माग गरेका थिए ।

यसअघि अघिल्लो रात अपहरणकर्ताले एकजना बच्चालाई रिहा गरेका थिए ।

मोहम्मदाबाद तहसीलको करसिया गाउँको जुन घरमा बच्चालाई बन्धक बनाएर राखिएको थियो, त्यो घर सुभाष बाथमकै थियो । प्रहरीका अनुसार सुभाष बाथम निकै चलाख किसिमका अपराधी थिए र उनी धेरै पटक जेल पनि गइसकेका थिए । उनीमाथि हत्याको मुद्दा पनि चलिरहेको थियो ।

स्थानीयका अनुसार बिहिबार दिउँसो छोरीको जन्मदिनको बहानामा सुभाष बाथमले गाउँका बच्चाहरुलाई आफ्नो घरमा खानाका लागि बोलाएका थिए । करिब तीन बजेभित्र सबै बच्चाहरु उनको घर पुगिसकेका थिए । त्यसपछि सुभाष बाथमले घरको मुख्य ढोका भित्रबाट बन्द गरिदिएका थिए ।

बेलुकी करिब साढे चार बजे एक महिला आफ्नो बच्चा लिन जाँदा उनलाई बच्चा बाथमको कब्जामा भएको थाहा भयो । ती महिलाले प्रहरीलाई घटनाको बारेमा जानकारी दिएकी थिइन् । 

प्रहरी घरको पछाडिको ढोकाबाट प्रवेश गर्न खोज्दा बाथमले प्रहरीमाथि फायरिङ गरे । प्रहरीले पनि जवाफी फायरिङ खोल्यो । यसक्रममा बाथमको मृत्यु भयो भने उनकी श्रीमती समेत घाइते भइन् । उनको अस्पतालमा मृत्यु भएको भारतीय सञ्चार माध्यमले उल्लेख गरेका छन् । 

यसैबीच, त्यहाँका मुख्यमन्त्रीले प्रहरीको प्रशंसा गर्दै प्रहरी टिमलाई १० लाख भारु दिने घोषणा गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि