जेठ ०५, २०८१, शनिबार
               

ट्रम्प फेरि आउँदैछन् भारत

नेपाल फ्ल्यास
माघ १६, २०७६

ADVERTISEMENT

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेब्रुअरीमा भारत भ्रमण गर्ने भएका छन् ।

फेब्रुअरीमा उनी भारत आउने बताइए पनि मिति भने तया भइसकेको छैन । 

गुजरातका मुख्यमन्त्री विजय रुपाणीले जनाएअनुसार, ट्रम्प भारतीय प्रधामन्त्री नरेन्द्र मोदीसँग साबरमती रिभरफ्रन्ट पुग्नेछन् । 

मुख्यमन्त्री रुपाणीले भने, पूरै एसियामा साबरमती सबैभन्दा सफा नदी बनेको छ र यो नरेन्द्र मोदीको कारण सम्भव भएको हो ।

यसअघि जापान र इजरायलका प्रधानमन्त्री पनि रिभरफ्रन्ट पुगेका थिए । रुपाणीले भने, उहाँहरु पनि साबरमतीको सफाइ देखेर दंग पर्नुभएको थियो । 

अमेरिकी राष्ट्रपति ट्रम्प यसअघि पनि भारत भ्रमणमा आइसकेका छन् । 


कस्तो लाग्यो ?

यो पनि