जेठ ०५, २०८१, शनिबार
               

निर्भया सामूहिक बलात्कार प्रकरण: चार जनालाई फाँसीको सजाय

एजेन्सी
माघ १५, २०७६

ADVERTISEMENT

एजेन्सी । निर्भया सामूहिक बलात्कार तथा हत्या प्रकरणका चार जनालाई फाँसीको सजाय हुने पक्का भएको छ ।

चार दोषीमध्येका एक मुकेश सिंहको याचिका सर्वोच्च अदालतले खारेज गरेसँगै उनीहरुलाई फाँसीको सजाय निश्चित भएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

भारतका राष्ट्रपति रामनाथ कोबिन्दले जनवरी १७ मा मुकेशको दया याचिका अस्विकार गरेपछि जनवरी १९ तारिखमा यसको न्यायिक समीक्षाको माग गरिएको थियो । 

दोषी अक्षय ठाकुरले सर्वोच्च अदालतमा क्यूरेटिव पिटिशन दर्ता गरेका थिए । ट्रायल कोर्टले दोस्रो पटक डेथ वारेन्ट जारी गरिसकेको छ । चारैजना दोषीलाई फेब्रुअरी १ तारिखमा बिहान ६ बजे तिहाड जेलभित्र फाँसी दिइने छ ।

मंगलबार मुकेशकी वकिल अञ्जना प्रकाशले राष्ट्रपति समक्ष सबै दस्तावेज पेश नगरिएकोले दया याचिका खारेज गरिएविरुद्ध सर्वोच्च अदालतले यसबारे विचार गर्नुपर्छ । आफ्नो वकिलमार्फत् मुकेशले आफूमाथि जेलभित्र यौन उत्पीडन भएको र उनका भाइ राम सिंहको हत्या गरिएको बताएका थिए ।

यसबारे बुधबार निर्णय सुनाउँदै सर्वोच्च अदालतले भन्यो, ‘हामीले आफूलाई सन्तुष्ट बनाउनका लागि राष्ट्रपतिलाई पठाइएको सबै दस्तावेज हेर्यौं । गृह मन्त्रालयले सबै दस्तावेज पठाएको थियो । मुकेशको याचिकामा कुनै सकारात्मक पक्ष छैन । जेलमा प्रताडना दयाका लागि कुनै आधार होइन ।’ त्यसपछि मुकेशको याचिका खारेज गरिएको हो ।

निर्णय आएपछि निर्भयाकी आमाले अब आफूले पूर्ण न्याय पाउने कुरामा आशावादी भएको बताइन् ।


कस्तो लाग्यो ?

यो पनि