जेठ ०५, २०८१, शनिबार
               

अस्ट्रेलियामा आगो निभाउने विमान दुर्घटना, ३ जनाको मृत्यु

नेपाल फ्ल्यास
माघ ०९, २०७६

फाइल फोटो
ADVERTISEMENT

अस्ट्रेलियाको लागको डढेलो नियन्त्रण गर्न परिचालित विमान दुर्घटना हुँदा तीन जना अमेरिकी नागरिकको मृत्यु भएको छ ।

न्यु साउथ वेल्समा भएको दुर्घटनामा चालकदलका तीनै जनाको मृत्यु भएको हो । सिड्‍नीनजिकै रहेको पहाडी क्षेत्रमा लागेको डढेलो निभाउन जाँदा विमान दुर्घटना भएको थियो ।

गएको सेप्टेम्बरयता अस्ट्रेलियामा फैलिएको भीषण आगलागीमा परेर २९ जनाको मृत्यु भइसकेको छ । करिव ५० करोड पशुपन्छी परेको समाचारहरू आएका छन् । 

सोही आगो निभाउन विमान खटिएको थियो । अधिकारीहरूका अनुसार पहाडमा ठोक्किएर विमान दुर्घटना भएको हो । पहाडमा ठोक्किएलगत्तै विमानमा आगो लागेको थियो ।

‘वाटर बम्बिङ प्लेन’ भनिने सो विमानमा १५ हजार लिटर पानी बोक्न सक्ने क्षमता हुन्छ । आगो निभाउन पानीसहित अन्य पदार्थसमेत विमानले ओसार्ने गर्दछ ।


कस्तो लाग्यो ?

यो पनि