जेठ ०५, २०८१, शनिबार
               

राजकुमार ह्यारी र मेगनलाई शाही उपाधिबाट मुक्त

नेपाल फ्ल्यास
माघ ०५, २०७६

ADVERTISEMENT

बेलायतको शाही उपाधि छोड्ने इच्छाअनुसार राजकुमार ह्यारी र उनकी पत्नी मेगन मर्केललाई उपाधि मुक्त गरिएको छ ।

योसँगै ह्यारी दम्पतीले पाउने २४ लाख पाउण्ड अब उनीहरुको पाउने छैनन् । उनीहरुले रोयल हाइनेस र सार्वजनिक कोषको प्रयोग गर्न पाउने छैनन् । 

बकिङ्घम प्यालेसले राजकुमार ह्यारी र पत्नी मेगनले गएको शनिबार भएको सम्झौताअनुसार यस्तो निर्णय लिएको हो । राजदरबारले शनिबार गरेको घोषणाअनुसार ह्‍यारी दम्पतीले बेलायतकी महारानीको औपचारिक प्रतिनिधित्व गर्ने छैनन् ।

गएको सोमबार राजपरिवारका वरिष्ठ सदस्यहरूको बैठकले ह्‍यारी दम्पत्तिको घोषणा बमोजिम नै यस्तो निर्णय लिएको हो । बेलायती महारानीले धेरै महिनाको छलफलपछि आफ्नो नाति र उनको परिवारको बारेमा रचनात्मक बाटो पहिल्याउने काम भएकोमा खुसी व्यक्त गरेको राजदरबारले जनाएको छ ।

ह्यारी, मेघन र आर्ची आफ्नो परिवारको धेरै माया गरिएका सदस्यको रुपमा भने सदैव रहने महारानी एलिजावेथ द्वितीयले जनाएको बक्तव्यमा उल्लेख छ ।

निर्णय यो वर्षको वसन्त ऋतुमा लागू हुनेछ । त्यसपछि उनीहरु 'ड्युक अफ् ससेक्स ह्यारी' र 'डचेस अफ् ससेक्स मेगन' को रुपमा चिनिने छन् । 'हिज रोयल हाइनेस' र 'हर रोयल हाइनेस' भने इतिहास बन्ने छ ।

बेलायतकी महारानीले आफ्नो शाही परिवारभित्रको पुरुष सदस्यको विवाहको दिन एउटा पदवी दिन्छिन् । ‘ड्युक अफ् ससेक्स’ पदवी खाली थियो र बेलायतको शाही ताजको उत्तराधिकारीको क्रममा छैठौँ स्थानमा रहेका ह्यारी राजगद्दीका सम्भावित विकल्प थिए । 


कस्तो लाग्यो ?

यो पनि