जेठ ०५, २०८१, शनिबार
               

मुसर्रफलाई दिइएको फाँसीको सजाय खारेज

नेपाल फ्ल्यास
पुस २८, २०७६

ADVERTISEMENT

पाकिस्तानको उच्च अदालतले पूर्वराष्ट्रपति जनरल परवेज मुसर्रफलाई दिइएको फाँसीको सजाय खारेज गरेको छ ।

लाहोर उच्च अदालतले विशेष अदालतबाट फाँसी दिन गरी भएको फैसला सोमबार खारेज गरेको हो ।

देशद्रोहको आरोपमा उनलाई मृत्युदण्डको फैसला गरिएको थियो । त्यसलाई उच्च अदालतले असंवैधानिक ठहर गरेको हो ।

मुसर्रफ हाल दुवईमा बस्दैआएका छन् । उनले यसअघिको फैसलालाई राजनीतिक प्रतशोध भनेका थिए । फाँसीको फैसलाविरुद्ध पाकिस्तानको सेना पनि उभिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि