जेठ ०५, २०८१, शनिबार
               

ट्रकसँग बस ठोक्किएर आगो लाग्दा २० जनाको मृत्यु

नेपाल फ्ल्यास
पुस २६, २०७६

ADVERTISEMENT

भारत उत्तरप्रदेशको कन्नौजमा ट्रकसँग ठोक्किएर बसमा आगो लागेपछि २० जनाको ज्यान गएको छ । 

घटनालगत्तै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख प्रकट गर्दै गरेका छन् । ट्वीट गर्दै उनले घाइतेहरूको स्वास्थ्य लाभको कामना पनि गरेका छन् ।

घटनामा करिव दुई दर्जन घाइते भएका छन् । घाइतेको उपचार राज्य सरकारले गर्ने भएको छ । मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति दुख व्यक्त गर्दै घाइतेको उपचार सरकारले गर्ने जनाएका हुन् । उनले घाइतेको उपचारका लागि जनही ५० हजार र मृतकका परिवारलाई जनही दुई लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।
मुख्यमन्त्री आदित्यनाथले घटनाको अनुसन्धान गर्न स्थानीय प्रशासनलाई निर्देशनसमेत दिएका छन् ।

घटनामा २१ जनाको उद्धार गरिएको थियो । केहीले बसबाट हामफालेर ज्यान जोगाएका छन् ।

भारतको उत्तरप्रदेशस्थित कन्नौजको छिबरामउ जीटी रोडस्थित घिलोई गाउँमा ट्रकसँग बस ठोक्किएको थियो । ठोक्किनासाथ बसमा आगो लागेको थियो । एसीयुक्त बसमा ५० जना यात्रु सवार भएको अनुमान छ । बसलगत्तै आगो ट्रकमा पनि सल्किएको थियो ।


कस्तो लाग्यो ?

यो पनि