जेठ ०५, २०८१, शनिबार
               

अमेरिका-इरान दुष्मनीको नालीबेली

नेपाल फ्ल्यास
पुस २४, २०७६

ADVERTISEMENT

अमेरिकासँग इरानको दुस्मनीको पहिलो बीउ सन् १९५३ मा रोपिएको थियो। अमेरिकी जासुसी संस्था सीआईएले बेलायतसँग मिलेर इरानमा सत्ता परिवर्तन गर्‍यो।

खास गरी निर्वाचित प्रधानमन्त्री मोहम्मद मोसद्दिकलाई सत्ताच्युत गरेर अमेरिका र बेलायतले इरानका राजा शाह रजा पहलवीलाई सुम्पिए।

धर्म निरपेक्षतामा विश्वास गर्ने इरानी प्रधानमन्त्री इरानको तेल उद्योगलाई राष्ट्रियकरण गर्न चाहन्थे। यो खबर शुक्रबार साप्ताहिकमा प्रकाशित छ।

उनी निर्वाचित भए लगत्तै सो कुरालाई अघि बढाउने हुँदा बेलायत र अमेरिकाको ठुलो लगानी रहेको तेल उद्योग आफ्नो हातबाट फुत्किने भयका कारण निर्वाचित प्रधानमन्त्रीलाई कु गरेर हटाइयो मात्र होइन, राजालाई सत्तामा आसिन गराइयो। यसो गर्दा अमेरिका र बेलायतले सीधासीधा राजालाई नियन्त्रण लिन सक्थे।

विश्वयुद्धपछि कुनै निर्वाचित प्रधानमन्त्रीलाई सत्ताच्युत गर्न भूमिका खेलेको यो अमेरिकाको पहिलो अनुभव थियो। यो सफलतापछि त अमेरिकाको विदेश नीति नै यसैलाई बनाउन थालियो।

१९५३ मा जब कु गरियो, त्यसको बदलास्वरूप १९७९ मा इरानमा क्रान्ति भयो र त्यसले राजको शासन नै अन्त्य गर्‍याे। 


कस्तो लाग्यो ?

यो पनि