जेठ ०५, २०८१, शनिबार
               

अमेरिकी सैनिक क्याम्पमा इरानको हमला, मध्यपूर्वमा तनाव बढ्दो

नेपाल फ्ल्यास
पुस २३, २०७६

ADVERTISEMENT

इरानले इराकमा रहेको अमेरिकाको सैन्य शिविरमा मिसाइल आक्रमण गरेको छ ।

घटनासँगै अमेरिकी राष्ट्रपतिको निवास ह्वाइटहाउसमा पनि सुरक्षा व्यवस्था कडा बनाइएको छ । 

राष्ट्रपति भवन वरपर ठूलो सङ्ख्यामा युएस सेक्रेट सर्भिसका अधिकारी तैनाथ गरिएको छ ।

त्यहाँ कैयौँ चेक पोस्टहरू खडा गरिएको र एसल्ट राइफलसहित सेक्रेट सर्भिसका अधिकारीहरू खटाइएको सीएनएनले जनाएको छ । 

इरानले आफ्नो भूमिमा एउटै बम खसालेमा दुबई, संयुक्त अरब एमिरेट्स (युएई), इजरायलमा व्यापक आक्रमण गर्ने चेतावनी दिएको छ ।

इस्लामिक रिभोल्युस्‍नरी गार्ड कर्प्सले इराकस्थित अमेरिकी सैन्यवेसमा गरेको मिसाइल हमलाविरुद्ध अमेरिकाले जवाफ दिए क्याम्पमै छिरेर हमला गर्ने चेतावनी दिएको छ।  

घटनालाई लिएर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आजै सम्बोधन गर्दै छन् ।

गएको शुक्रवार इराकमा अमेरिकी हवाई आक्रमणमा परी इरानी सैन्य जनरल कस्सिम सोलेमानीको मृत्यु भएको थियो । इरानले त्यस लगत्तै कस्सिमको हत्याको बदला लिने घोषणा गरेको थियो ।

इरानी संसदले अमेरिकी सेना र पेन्टागनलाई आतंककारी समूह घोषणा गरेकै दिन इरानले अमेरिकी क्याम्पमा हवाई आक्रमण गरेर बदला लिएको हो । 

अमेरिका र इरानबीच बढ्दै गएको तनावले मध्यपूर्वमा युद्धको खतरा सिर्जना भएको छ। यसैबीच आक्रमणपछि नाटो र क्यानडाले इराकमा रहेका आफ्नो सैनिकलाई स्थानतरण गर्ने घोषणा गरेको छ। 


कस्तो लाग्यो ?

यो पनि