जेठ ०५, २०८१, शनिबार
               

इराकबाट फिर्ता नजाने अमेरिकी संकेत

नेपाल फ्ल्यास
पुस २२, २०७६

ADVERTISEMENT

इराकबाट सेना फर्काउने निर्णयमा अमेरिकाले पुनर्विचार गर्ने संकेत गरेको छ । 

इराकी सरकारलाई सेना फिर्ता जाने भनेर सन्देश पठाएको अमेरिकाले त्यो सन्देश झुक्किएर गएको जनाएका छन् । ह्वाइटहाउसका उच्च सैनिक जनरलले सन्देश झुक्किएर गएको जनाए ।

इराकस्थित अमेरिकी सेनाका प्रमुख ब्रिगेडियर जनरल विलियम सेलीले इराकी सैन्य समकक्षीलाई आइतबार एक पत्र पठाएर आफ्ना सैनिक फिर्ता गर्ने तयारीमा लागेको जानकारी दिएका थिए। 

पेन्टागनका सैन्य कमाण्डर मार्क मिल्लीले त्यो पत्र ड्राफ्ट मात्र भएको जनाएका छन्। त्यसमा गल्ती भएको र हस्ताक्षर पनि नगरिएको उनले जनाएका छन् । अमेरिकी रक्षासचिव मार्क एस्परले सो पत्र वासिङटनको अवस्थासँग असंगत रहेको जनाउँदै इराकबाट अमेरिकी सेना फिर्ता हुने निर्णय नभएको बताएका छन्।  

यसअघि पठाएको पत्रमा भने आफूहरुलाई फिर्ता पठाउने इराकको सार्वभौम निर्णयको सम्मान गर्ने उल्लेख थियो।  

अमेरिकाले गत शुक्रबार इराकको राजधानी बग्दादमा ड्रोन हमला गरी इरानी र इराकी कमाण्डरलाई मारिदिएको थियो। सो घटनापछि मध्यपूर्व तनावग्रस्त छ। 

हमलालगत्तै इराकका प्रधानमन्त्री अदेल अब्दुल महादीले अमेरिकासँगको सम्बन्धमै पुनर्विचार गरिने बताएका थिए।  तेहरानले आफ्ना सैन्य कमाण्डर कासिम सुलेमानी मारिएपछि अमेरिकासँग त्यसको बदला लिने बताइसकेको छ।


कस्तो लाग्यो ?

यो पनि