जेठ ०५, २०८१, शनिबार
               

इराकस्थित अमेरिकी दूतावासमा आक्रमण

नेपाल फ्ल्यास
पुस १६, २०७६

ADVERTISEMENT

इराकको राजधानी बग्दादस्थित रहेको अमेरिकी दूतावासमा आक्रमण भएको छ । 

प्रदर्शनकारीहरुले दूतावासको पर्खाल नाघेर भित्र पसेर तोडफोड र आगजनी गरेका छन् । दूतावास बाहिरको एक सुरक्षा चौकीमा प्रदर्शनकारीहरुले आगो लगाएका छन् । 

अमेरिकी सेनाले प्रदर्शनकारीहरूलाई तितर बितरण गर्न अश्रुग्यास बर्साएको थियो । 

केही दिनअघि अमेरिकाले इराकमा इरान समर्थित चरमपन्थी समूहलाई लक्षित गर्दै हवाई आक्रमण गरेको थियो । त्यसैको विरोधमा अमेरिकाविरुद्ध प्रदर्शन चर्किएको हो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दूतावासमा भएको आक्रमणमा इरानको हात रहेको आरोप लगाएका छन् । उनले यो आक्रमणको पूरै जिम्मेवारी इरानले लिनुपर्ने बताएका छन् । 

पश्चिमी इराक र पूर्वी सिरियामा गएको आइतबार कताइब हिज्बुल्लाह चरमपन्थी सङ्गठनलाई लक्षित गरेर गरेको आक्रमणमा कम्तीमा २५ जनाले ज्यान गुमाएका थिए । 


कस्तो लाग्यो ?

यो पनि