जेठ ०५, २०८१, शनिबार
               

भारतमा नागरिकता कानुन : चर्किँदै आन्दोलन

नेपाल फ्ल्यास
पुस ०३, २०७६

ADVERTISEMENT

काठमाडौं : भारतमा प्रहरीले विवादास्पद नागरिकतासम्बन्धी नयाँ कानुन विरुद्धको आन्दोलन चर्कँदै छ । भारतभर केही दिनदेखि प्रदर्शनहरू भइरहेका छन् भने कतिपय स्थानमा हिंसा भएका थिए ।
बिहीबार प्रदर्शनमा लगाएको प्रतिबन्ध अवज्ञा गर्ने सयौँ प्रदर्शनकारीहरूलाई पक्राउ परेका छन् । राजधानी दिल्लीका विभिन्न भाग र उत्तर प्रदेश तथा कर्नाटक राज्यभर प्रतिबन्ध लगाइएको छ ।

दिल्लीका प्रदर्शनस्थल नजिक रहेका केही भागमा अधिकारीहरूले मोबाइल टेलिफोन सेवा समेत अवरुद्ध गरिदिएका छन् ।
नयाँ कानुनले पाकिस्तान, बाङ्ग्लादेश र अफगानिस्तानबाट भारत पुगेका गैर–मुस्लिम आप्रवासीलाई नागरिकता प्रदान गर्ने बाटो खोलेको छ ।

कर्नाटकको दक्षिण कन्नड जिल्लामा २१ डिसेम्बरसम्म निषेधाज्ञा लागू गरिएको छ । तैपनि वामपन्थी दलले विरोध प्रदर्शन गरेका छन्। हैदराबाद, चेन्नई र चण्डीगढमा पनि प्रदर्शनहरू भएका खबर प्राप्त भएको छ । बंगलुरुमा सरकारका आलोचकको रूपमा चिनिने इतिहासकार रामचन्द्र गुहालाई प्रहरीले पक्राउ पछि रिहा गरेको छ । उनलाई पक्राउ गरिएको भिडिओ सामाजक सञ्जालमा चर्चित बनेको थियो ।

पश्चिम बंगालकी मुख्यमन्त्री ममता बेनर्जीने ट्वीट गर्दै उक्त गिरफ्तारीको निन्दा गरेकी थिइन् । सरकार ‘एकजना इतिहासकारले मिडियासँग कुरा गर्दा र महात्मा गान्धीको पोस्टर हातमा लिँदा डराएको’ उनको टिप्पणी थियो ।


कस्तो लाग्यो ?

यो पनि