जेठ ०५, २०८१, शनिबार
               

अ‍ेमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध अदालतको यस्तो फैसला

नेपाल फ्ल्यास
कात्तिक २२, २०७६

ADVERTISEMENT

काठमाडौं : न्यूयोर्ककी एक न्यायाधीशल राष्ट्रपति डोनाल ट्रम्पलाई २० लाख डलर तिर्न आदेश दिएकी छन् । परोपकारका लागि स्थापित संस्था ट्रम्प फाउन्डेशनको कोष दुरुपयोग गरेको ठहर गर्दै उक्त अदालतले ट्रम्पविरुद्ध यस्तो आदेश दिएको हो । 

सन् २०१६ को राष्ट्रपतीय निर्वाचन अभियानमा ट्रम्पले आफैँले स्थापना गरेको उक्त संस्थाको रकम खर्च गरेको न्यूयोर्ककी एक न्यायाधीशले ठहर गरेकी हुन् ।
ट्रम्पको स्वार्थपूर्तिका लागि रकम खर्च गरिएको अभियोग लगाइएपछि ‘द डोनल्ड जे ट्रम्प फाउन्डेशन’ सन् २०१८ मा बन्द गरिएको थियो ।

ट्रम्प र उनका छोराछोरीले सञ्चालन गरेजस्ता परोपकारी संस्थाले राजनीतिमा संलग्न हुन नपाउने आदेश न्यायाधीश सालियान स्कार्पलाले दिएकी छन् ।
ट्रम्प आफूले नै २० लाख डलर तिर्नुपर्ने र त्यो रकम उनीसँग सम्बन्ध नभएका आठवटा परोपकारी संस्थालाई जाने स्कार्पलाको आदेशमा उल्लेख भएको बिबिसीले जनाएको छ ।
पूर्वसैनिकहरूका लागि संकलन गरिएको रकम निर्वाचन अभियानका लागि उपलब्ध गराएर ट्रम्पले संरक्षकको कर्तव्य उल्लंगन गरेको स्कार्पलाको आदेशमा उल्लेख छ ।

अदालतको फैसलालगत्तै न्यूयोर्ककी महान्यायाधिवक्ता लतिशा जेम्सले राष्ट्रपति ट्रम्पका दुई छोरा डोनल्ड ट्रम्प जुनिअर र एरिक ट्रम्प तथा छोरी इभान्का ट्रम्पले परोपकारी संस्थाका पदाधिकारी र निर्देशकहरूको कर्तव्यबारे अनिवार्य रूपमा तालिम लिनुपर्ने बताइन् । ट्रम्प र उनका वकिलहरूले भने उक्त मुद्दा राजनीतिक उद्देश्यबाट प्रेरित भएको दाबी गरेका छन् ।
 


कस्तो लाग्यो ?

यो पनि