जेठ ०५, २०८१, शनिबार
               

ट्रम्प फेरि विवादमा, मानहानिको मुद्दा दायर

नेपाल फ्ल्यास
कात्तिक १९, २०७६

ADVERTISEMENT


अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध एक लेखिकाले मानहानिको मुद्दा दायर गरेकी छिन् ।

लेखिका ई. जीन क्यारोलले ट्रम्पविरुद्ध बलात्कारको आरोपसमेत लगाएकी छिन् ।

न्युयोर्कको म्यानहटनस्थित अदालतमा ट्रम्पविरुद्ध मुद्दा दायर अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले जनाएका छन् ।

ती महिलाले ट्रम्पले सन् १९९५ र १९९६ मा बलात्कार गरेको आरोप लगाएकी हुन् ।

उता ट्रम्पले भने क्यारोलको आरोप अस्वीकार गर्दै उनको निन्दा गरेका छन् ।

गएको जुनमा क्यारोलले ट्रम्पबाट आफूमाथि बलात्कार भएको आरोप लगाएकी थिइन् । त्यसलगत्तै उनले आफ्नो पुस्तक प्रकाशित गर्दै बलात्कार भएको उल्लेख गरेकी थिइन् । ह्वाइट हाउसले भने चर्चा कमाएर पुस्तक बिक्रीका लागि झुटो आरोप लगाएको बताउँदै आएको थियो ।


कस्तो लाग्यो ?

यो पनि