जेठ ०५, २०८१, शनिबार
               

मोदीले आमासँग बसेर मनाए जन्मदिन

नेपाल फ्ल्यास
असोज ०१, २०७६

ADVERTISEMENT

सँधै व्यस्त रहेकोले आफ्नो परिवारलाई समय नदिएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगलबार आामसँग बसेर जन्मदिन मनाएका छन् ।

मोदी ६७ वर्ष पुगेका छन् । जन्मदिनका अवसरमा उनी आमालाई भेटन गान्धीनगर पुगेका हुन् ।  

भारतीय प्रधानमन्त्री मोदीले आफ्नी आमा हिराबेन मोदीसँग 
आशिर्वाद लिए । उनले बूढी आमासँगै बसेर गुजुराती थालीमा खाना खाएका थिए ।

मोदी घर जाने भएपछि विहानैदेखि त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको थियो । 

मोदी १३ वर्ष गुजरातको मुख्यमन्त्री बनेका थिए । भारतीय जनता पार्टीले अभूतपूर्व विजय पाएपछि मोदी दोस्रो कार्यकालका प्रधानमन्त्री बनेका छन् ।

दोस्रोपटक प्रधानमन्त्री बन्नुअघि पनि मोदीले आमालाई भेटेर आशिर्वाद लिएका थिए । 


कस्तो लाग्यो ?

यो पनि