जेठ ०५, २०८१, शनिबार
               

पार्टी छोड्नेहरु अवसरवादी : सोनिया गान्धी

नेपाल फ्ल्यास
भदौ २७, २०७६

ADVERTISEMENT

चुनावमा पराजयसँगै भारतीय राष्ट्रिय कांग्रसमा पार्टी पलायन बढ्दो छ । 

यो पलायनलाई कांग्रेस नेतृ सोनिया गान्धीले अवसरवाद भनकी छिन् । उनले पार्टी छोडेर जानु भनेको अवसरवादी भएको टिप्पणी गरेकी हुन् ।

उनले राजनीतिक निष्ठा र आदर्शमा अडिग रहने र स्वार्थी व्यक्ति चिन्ने सही मौका पाएको बताएको छिन । देशको भलाइका लागि आदर्शको राजनीतिमा उनले जोड दिएकी छिन ।

उनले भनिन्- एकाध नेता तथा कार्यकर्ताले पार्टी छाडेका छन्, उनीहरु अवसरवादी थिए । तत्कालै खोजेको लाभ पाएनन् । अनि पार्टी छोडे । 

पार्टी भनेको नीति, सिद्धान्त र कार्यक्रमले चल्ने उनले बताएकी छिन् । तर त्यो नहेरी निहीत स्वार्थका कारण पार्टीमा आएकाहरूले नै पार्टी छोड्ने गरेको खरो टिप्पणी पनि सोनियाले गरेकी छिन ।

उनले पार्टीको मूल्य मान्यताहरू सङ्कटमा परेका र यसप्रति चाँडै सतर्क हुनु पर्ने बताएकी छन् ।

केही महिनायता कांग्रेस परित्याग गर्नेहरु बढेका छन् । पछिल्लो चुनावमा जोडिएकाहरु धेरैले पार्टी छोडिसकेका छन् ।


कस्तो लाग्यो ?

यो पनि