जेठ ०५, २०८१, शनिबार
               

नेदरल्यान्ड जहाँ जेल छन् तर कैदी छैनन्

नेपाल फ्ल्यास
भदौ २३, २०७६

ADVERTISEMENT

आजको विश्वमा यस्तो देश पनि छ । जहाँ अपराधी नै छैनन् । जेल छन् तर कैदी छैनन् । यस्तो देश पनि होला र ? किन नहुनु ? छ नि ।

नेदरल्यान्डमा अपराधको दर घट्दै गएर त्यहाँका जेलहरू नै बन्द गर्नुपर्ने अवस्था आएको छ ।

नेपालभन्दा आधाभन्दा केही बढी अर्थात १ करोड ७२ लाख मानिस छन् त्यहाँ । तर जेलको पर्खालभित्र थुन्नुपर्ने स्तरका अभियुक्त भेटिँदैनन् । सन् २०१३ मा त्यहाँ १९ जनामात्र कैदी थिए । अघिल्लो अंग्रेजी वर्षमा आइपुग्दा त्यहाँ एकजना पनि कैदी बाँकी रहेनन् ।

यता नेपालका जेलमा भने दोब्बरभन्दा बढी कैदी राखिने गरिएको छ । देशभरका जेलमा कोचाकोच कैदी छन् ।

नेपालमा अधिकांश जेलमा घामसमेत छिर्दैन । सुत्ने ठाउँको अभाव छ । रातिमा आलोपालो सुत्नुपर्ने बाध्यता छ । शौचालयको समुचित व्यवस्था छैन । औषधोपचार, बन्दीलाई दिइने सिदा, पोषणयुक्त खाना, स्नान कक्षको अभाव अभाव छ । बन्दीसँगै रहेका बालबालिकाको मानवअधिकारको अवस्थासमेत दयनीय छ ।
अधिकांश जेलमा वर्षामा पानी चुहिन्छ । पाल र टहरोमा रात काट्नुपर्ने स्थिति छ ।

नेपालमा ५१ जिल्लाका ४७ वटा कारागारमा हाल नौ हजार पाँच सय ९२ कैदी छन् । क्षमता भने जम्मा पाँच हजार पाँच सय मात्र हो ।

उता नेदल्यान्डमा भने जेल खाली हुँदा करिब दुई हजारको रोजगारीमा प्रश्न उठेको छ ।
 
जेलसम्बद्ध काममा खटिएका सात सयलाई अन्य क्षेत्रमा सरुवा गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि