जेठ ०५, २०८१, शनिबार
               

दक्षिण अफ्रिकी राष्ट्रपतिविरुद्ध भ्रष्टाचारमा अनुसन्धान

नेपाल फ्ल्यास
जेठ २९, २०७६

ADVERTISEMENT

दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामाफोसामाथि भ्रष्टाचारको आरोपमा अनुसन्धान भइरहेको छ।

देशको भ्रष्टाचारविरुद्ध कारबाही गर्ने निकायले उनीमाथि अनुसन्धान गरिरहेको अधिकारीहरूले जानकारी दिएका छन्।

उनको प्रचार प्रसार कोषका लागि एक कम्पनीले दिएको पाँच लाख डलरमा अनियमितता भएको आरोप उनीमाथि लागेको छ।

राष्ट्रपतिका रूपमा रामाफोसा गत महिना मात्रै पुनः निर्वाचित भएका थिए। उनी सन् १९९९ मा पनि नेल्सन मण्डेलापछि राष्ट्रपति हुने अपेक्षा गरिएको थियो। तर अन्तिम समयमा थाबो एम्बेकी राष्ट्रपतिमा चयन भएका थिए।

रामाफोसा रंगभेदविरोधी गतिविधिमा संलग्न भएको आरोपमा १९७४ र १९७६ मा थुनिएका थिए। त्यसैगरी उनी सन् १९९० मा नेल्सन मण्डेलालाई थुनामुक्त गर्न तयारीका लागि गठित समितिका अध्यक्ष पनि बनेका थिए।

लामो र कठोर राजनीतिक संघर्ष गरेका रामाफोसाले राष्ट्रपति बनेपछि भ्रष्टाचार नियन्त्रण गर्नु आफ्नो पहिलो प्राथमिकता भएको बताए पनि अहिले आफै भ्रष्टाचार गरेको अभियोगमा फसेका छन्।


कस्तो लाग्यो ?

यो पनि