जेठ ०१, २०८१, मंगलबार
               

अमिताभ बच्चनको ट्वीटर अकाउन्ट ह्याक

नेपाल फ्ल्यास
जेठ २८, २०७६

ADVERTISEMENT

भारतका चर्चित अभिनेता अमिताभ बच्चनको ट्वीटर अकाउन्ट ह्याक भएको छ ।

पाकिस्तान समर्थित टर्कीको टर्किश साइबर आर्मी ‘अयिल्दिज टिम’ले उनको अकाउन्ट ह्याक गरेको दाबी गरेको छ ।

ह्याकपछि अमिताभको ट्वीटर अकाउन्टबाट टर्की र पाकिस्तानसँग सम्बन्धित सामग्री ट्वीट गरिएको छ ।

ह्याकरले अमिताभको ट्वीटर अकाउन्टको प्रोफाइल परिवर्तन गरी अमिताभको प्रोफाइल फोटोको ठाउँमा पाकिस्तानका प्रधानमन्त्री इमरान खानको तस्बिर राखेको छ । त्यहाँ लेखिएको छ, ‘नायक... केही मानिस अहिले पनि यस्तो गरिरहेका छन् । पाकिस्तानलाई प्रेम ।’

अमिताभ बच्चन ट्वीटरमा सक्रिय छन् र उनका ३ करोड ७४ लाख फलोअर्स छन् ।


कस्तो लाग्यो ?

यो पनि