बैशाख २१, २०८१, शुक्रबार
               

उड्न तयार जहाजको आपतकालीन ढोका खोलेपछि...

नेपाल फ्ल्यास
जेठ २७, २०७६

ADVERTISEMENT

बेलायतको म्यानचेस्टर एयरपोर्टमा शनिबार एक महिलाले पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए) को उडन तयार विमानमा रहेको  इमरजेन्सी गेट खोलिदिइन् ।

विमान केही घण्टामा नै उडने तयारीमा थियो । तर त्यस घटनाका कारण विमान ७ घण्टासम्म उडेन । 

ती महिलाले इमरजेन्सी गेटलाई शौचालय ठानेर त्यसो गरेकी थिइन् । जहाज म्यानचेस्टरबाट इस्लामाबादका लागि उड्ने तयारीमा थियो । 

घटना जब भयो तब पीके ७०२ जहाज उड्ने तयारीमा थियो । एयरलाइन्सका अनुसार यो जहाजमा ४० यात्रु सवार थिए । 

यो घटनापछि सबै यात्रुको सामानसमेत बाहिर निकालेर पुनर्जाच गरिएको थियो । एयरलाइन्सका प्रमुख कार्यकारी एयर मार्शल अर्शद मलिकले घटनाको जाँच गर्न निर्देशक दिएका छन् । 
एजेन्सीबाट
 


कस्तो लाग्यो ?

यो पनि