बैशाख १४, २०८१, शुक्रबार
               

अदालतले प्रधानमन्त्री बर्खास्त गरेको पहिलो घटना हो ?

नेपाल फ्ल्यास
असार ३०, २०७८

ADVERTISEMENT

बुधबार दिउँसो आमजनताको नाममा सम्बोधन गर्दै निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतसँग चित्त दुखाई गरे । अदालतले प्रधानमन्त्रीमा नियुक्त गरेको घटना विश्वमै पहिलो भन्दै उनले आलोचना गरे । जनादेश आफ्नो पक्षमा भए पनि सर्वोच्च अदालतको परमादेशका कारण आफू सत्ताच्यूत हुनुपरेको उनको गुनासो थियो ।

२८ असारमा सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनःस्थापित गर्दै प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न परमादेश दिएपछि ओली पदमुक्त भएका हुन् । बुधबार ओलीले जनादेशले बनाएको प्रधानमन्त्री हटाएर परमादेशले देउवालाई प्रधानमन्त्री बनाएको घटना विश्वकै पहिलो भएको दाबी गरे ।

तर यो घटना नेपालको इतिहासमा पहिलो भए पनि विश्वका केही देशमा भने भैसकेका छन् । इतिहास हेर्दा यस्ता घटना केही देशमा भैसकेका छन् । सन् २०१२ मा पाकिस्तानमा प्रधानमन्त्री युसुफ राजा गिलानीलाई त्यहाँको सर्वोच्च अदालतले बर्खास्त गरेको थियो । अदालतले त्यहाँका पूर्व राष्ट्रपति आसिफ अलि जर्दारी मुछिएको भ्रष्टाचारको घटनाको फाइल पुनः खोल्न दिएको आदेश अटेर गरेको भन्दै तत्कालीन प्रधानमन्त्री युसुफ राजा गिलानीलाई ३० सेकेन्डको समय दिएर बर्खास्त गरेको थियो । 

त्यस्तै, थाइल्यान्डकी प्रधानमन्त्री यिङ्गलक सिनावात्रालाई सन् २०१४ मे मा अदालतको संवैधानिक इजलासले कार्यवाहक प्रधानमन्त्री तथा रक्षामन्त्रीबाट हटाइदिएको थियो । उनीमाथि सन् २०११ मा थाइ राष्ट्रिय सुरक्षा प्रमुखलाई हटाउँदा पदको दुरुपयोग गरेको अभियोग थियो ।

यो पनि