बैशाख १४, २०८१, शुक्रबार
               

यथावत् तिक्तता, परिबन्दको एकता !

ADVERTISEMENT

लामो सम्बन्धमा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच कहिले अगाध प्रेमपूर्ण सम्बन्ध रह्यो भने कहिले अति तिक्ततायुक्त । नेपाल र ओलीबीच बहुआयामिक सम्बन्ध छ । राजनीतिक र सैद्धान्तिक विषयसँगै व्यक्तिगत मामलामा पनि उनीहरूबीचको सम्बन्ध एउटै बहावमा छैन । कुनै बेला नेपालले लामो समय पार्टीको नेतृत्व गरे, हाल ओलीले गरिरहेका छन् ।

नेपालले पाउँदा ओलीलाई ‘साइड लगाउने’ रणनीति देखिएको थियो । अहिले चक्र उल्टो घुम्दै ओलीले ठााए पाउँदा नेपाललाई ‘किनारा लगाउन खोज्ने’ प्रवृत्ति देखिँदै आएको छ ।

आफ्नो राजनीतिक आधार दर्बिलो बनाइसकेका दुबै नेता पछिल्लो समय आआफ्नो अहडानमा थिए । धेरै चलनचल्तीको उखान ‘जुँगाको लडाइँ’जस्तो देखिएका उनीहरू बिस्तारै गल्दै गएका छन् । 

अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल दुवै एकअर्कालाई रुचाउँदैनन् । र, एक अर्कालाई चाहिएका पनि होइनन् । तर दलभित्रको दोस्रो पुस्ताले एमालेमा अहिले विभाजन आउनासाथ आफ्नो भविष्य अनिश्चित देखेपछि जसरी पनि मिलाउनुपर्ने आवश्यकता महसुस गरेका छन् ।  विभाजन हुँदा ओली– नेपाल दुवैको राजनीतिक भविष्य धरापमा पार्ने जोखिम मोल्न दुवै चाहँदैनन् । 

लामो समययता टाढिएका वरिष्ठ नेता नेपाल पार्टी एकता कायम राख्ने कि विपक्षी गठबन्धनमा मिल्ने भन्ने दोधारमा परेका छन् । दोधारकै बीच उनले सत्तारुढ एमाले अध्यक्ष ओलीलाई बुधबार साँझ भेटेका छन् । साता दिनअघि विपक्षी गठबन्धनको पत्रकार सम्मेलनमा गठबन्धनलाई धोका नदिने प्रतिबद्धता गरेका नेता नेपालले फेरि ओलीसँग मिलेर जाने सङ्केत देखाएका छन् । नेपाल तिनै नेता हुन् जसले कुनै ओलीसँग हालतमा नभेट्ने बाचा गरेका बताइएको थियो ।

सर्वोच्च अदालतबाट प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको फैसला नआउन्जेल सकेसम्म ओलीसँग भेटघाट गर्न नचहालेका नेता नेपालले दोस्रो पुस्ताका नेताहरूको दबाबका कारण लीसँग छलफल गरेका हुन् ।

नेता नेपालका निम्ति यतिखेर एकातिर पार्टीभित्र मिल्नै पर्ने बाध्यता सिर्जना भएको छ । अर्कोतिर प्रमुख विपक्ष नेपाली काँग्रेस अध्यक्ष शेरबहादुर देउवा, माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल, जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादवलगायतका विपक्षी नेताहरूसँग मिलेर सर्वोच्चमा विघटनविरुद्ध दायर गरेको मुद्दा र नयाँ सरकार बनाउने प्रतिबद्धताले पनि उनी बाँधिएका छन् । 

‘विपक्षी दलसँगको गठबन्धनसँग मिलेर सर्वोच्चमा मुद्दा दर्ता गरिएको छ, अघिल्लो पटकको प्रतिनिधिसभा विघटनमा समेत विपक्षी दलसँग सहकार्य थियो । अब नेपाल फेरि ओलीसँग मिल्न गएर राजनीतिक बेइमानीको अपजस लिने पक्षमा पनि देखिँदैनन्’, नेपाल निकट एक नेता भन्छन् ।

अर्कोतर्फ नेता नेपालको पार्टी छाड्नै नसक्ने बाध्यता छ । छुट्टै पार्टी गठन गरेर जाने योजना चुनौतीपूर्ण देखिएपछि उनी एमाले एकता तोड्ने पक्षमा पनि छैनन् । जीवनको सम्पूर्ण ऊर्जा खर्चेको पार्टी छोड्न उनी निकट धेरै नेताहरू तयार देखिएनन् । त्यही कारण उनले अलग पार्टी बनाउनबाट पछि हटेका नेताहरू बताउँछन् । एक नेता भन्छन् ‘नीति र सिद्धान्तमा पनि बेमेल नभएपछि विभाजनमा जाने जोखिम मोल्न धेरै नेता–कार्यकर्ताको रुचि देखिएन, पार्टीकै धेरै नेताहरूले संयुक्त हस्ताक्षर गरेर विज्ञप्ति निकाल्न र मिल्न दबाब दिएपछि नेपाल दबाबमा छन् ।’ यो स्थितिमा ओली मन नपर्दा नपर्दै पनि परिबन्दले एकताका लागि अन्तिम प्रयास गर्ने अवस्थामा पुर्‍याएको देखिन्छ ।

वैचारिक आवरणमा पदीय लडाइँ

नेता नेपालले ओलीलाई प्रतिगमनकारी भएको आरोप लगाएका छन् । गणतन्त्र, संघीयतासहित वर्तमा व्यवस्थाविरुद्ध ओलीको पथ रहेको आरोप लाउँदै आएका छन् । आफू क्रान्तिकारी धारको नेतृत्वकर्ता रहेको धेरै सार्वजनिक मञ्चमा बोल्दै आएका छन् । तर विचार सिद्धान्त भन्दा प्रमुख कुरा पदीय भागबन्डा मै विवाद रहेको छिप्न सकेको छैन । 

सतहमा विमतिका जेजस्ता विषय देखिए पनि एमाले अहिलेको अवस्थामा आइपुग्नुको प्रमुख कारण प्रधानमन्त्री ओली र नेता नेपालबीचको पदीय लडाइँ भएको राजनीतिक विश्लेषक दाबी छ । बुधबार साँझ भएको दुई नेताबीचको बैठकमा समेत यही विषयले प्राथमिकता पायो । 

एमालेको कार्यदल स्तरमा अब नेपाल पक्ष र ओली पक्षको पदीय भागबन्डा लगाउने बताइन्छ । ‘एमालेको अहिलेको विवादमा मुख्य विषय भागबन्डा नै हो । भागबन्डामा सहमतिपछि दुवै नेताहरू सिङ्गो एमालेमै छौँ भन्ने एकताको सन्देश जारी गर्नुहुने छ’ नेताहरू बताउँछन् ।

पत्रकार पुडासैनी राजनीति एवं समसामयिक क्षेत्रमा कलम चलाउँछन् ।

कस्तो लाग्यो ?

यो पनि