बैशाख १३, २०८१, बिहीबार
               

समाजसेवीको अस्पताल, जहाँ पैसा नभएकै कारण उपचार नपाई फर्कनु पर्दैन

नेपाल फ्ल्यास
जेठ ०२, २०७८

ADVERTISEMENT

दोस्रो चरणको कोरोना भाइरसको महामारीको विषम परिस्थितिमा मुलुक पीडा र सङ्कटमा छ । कोरोना नियन्त्रण तथा रोकथामको लागि गरिएको लकडाउन तथा सङ्क्रमणको पीडाले पूर्वी नेपाल पनि त्रासमा छ । मुलुकको दोस्रो ठुलो  जनसंख्या भएको सहर मोरङलाई पनि सङ्कटले छाडेको छैन । थुप्रै सङ्क्रमित भएका छन् । उनीहरूको उपचारको लागि उचित आइसोलेसन वार्डको जरुरी छ ।

यस्तो मानवीय सङ्कटको घडीमा एक सत्य उजागर भएको छ। हराउँदै गएको मानवता फेरि एकपटक देखिन थालेको छ । अहिले भगवान् मन्दिरमा नभई अस्पतालमा देखिन थालेका छन् । हो, भगवान् भनेकै मानवरूपी जीवन नै रहेछ भन्ने महसुस गरेका छन्, उर्लाबारीका कोरोना सङ्क्रमितहरूले । जहाँ पैसा हुनेहरूदेखि नहुनेहरूलेसम्म उपचार गराइरहेका छन् । आर्थिक अवस्था कमजोर भएकाहरूलाई समेत सहुलियत दरमा उपचार गरिँदै आइएको छ । 

सङ्कटको सारथिको रूपमा देखा परेका समाजसेवी  तथा   हस्पिटल सञ्चालक प्रकाश चौहानको पहलमा  उर्लाबारीको गोदावरी अस्पतालमा आइसोलेसन वार्ड स्थापना गरिएपनि सङ्क्रमितहरूले नयाँ जीवन पाइरहेका छन् । प्रकाशले उर्लाबारी नगरपालिका ५ मा रहेको गोदावरी अस्पतालमा १० बेडको आइसोलेसन वार्डको व्यवस्थापन गरेका छन् ।

चिकित्सक, अक्सिजन सहितको सुविधा सम्पन्न वार्ड छ । केही आइसोलेसन वार्डहरू बनिसकेको र केही वार्डहरुसञ्चालन गर्नका लागि काम धमाधम भइरहेको प्रकाश बताउँछन् । 

उनी भन्छन् ‘यस क्षेत्रका नागरिकहरूको स्वास्थ्य अवस्थाको ख्याल राख्दै र सरकारले निजी अस्पताललाई कोभिडका बिरामी उपचार गर्ने केन्द्र बनाउन निर्देशन गरे अनुसार छुट्टै भवनमा उपचार केन्द्र  बनाउन लागिएको हो ।’ 

गोदावरी अस्पतालका सञ्चालक प्रकाश चौहान

सो अस्पतालले गत बर्ष पनि आइसोलेसन वार्ड बनाएर सेवा  दिएको थियो ।

कोरोना उपचारको लागि कतिपय निजी अस्पतालले निक्कै धेरै शुल्क असुलिरहेका समाचार सार्वजनिक भएका छन् ।

तर प्रकाशले सञ्चालन गरेको गोदावरी अस्पतालमा भने न्यून शुल्कमै कोरोनाको उपचार गरिने व्यवस्था छ । आर्थिक अवस्था कमजोर भएकाहरु लागि भने अस्पतालले निःशुल्क उपचार गरिरहेको छ । 

सञ्चालक प्रकाश भन्छन् ‘अहिलेको अवस्थामा भनेको पैसा भन्दा ठुलो मानिसको ज्यान बचाउनु नै हो । कसैको ज्यानलाई हामी पैसाभन्दा तल सोच्दैनौ । असहाय दीन–दुखीलाई हामी निःशुल्क उपचार गर्न तयार छौँ । यसको लागि सरकारले पनि थप सहयोग गरेमा झन् राम्रो हुने थियो ।’

यो पनि