चैत १६, २०८०, शुक्रबार
               

बाचरा समुदाय : बुहारीलाई यौन व्यवसायमा लगाएर धन आर्जन

नेपाल फ्ल्यास
बैशाख ०८, २०७८

ADVERTISEMENT

भारतको मध्यप्रदेशको बाचरा समुदायका परिवारहरू अझ पनि छोराभन्दा छोरी रोज्छन् । छोरी जन्मँदा बाबुआमाले उत्सव मनाउँछन् । दुर्भाग्यवश त्यो उत्सव राम्रो कारणका लागि होइन । यौन व्यवसायको लागि हो । जुन उनीहरूको कठोर र बाध्यात्मक परिस्थितिकै कारण शरीर बेच्नकै लागि छोरी जन्माउनु खुसीको कारण मानेका हुन् । 

बाचरा समुदायहरू कुनै समय नेपालका राउटे समुदाय जस्तै जङ्गली जाति थिए । उनीहरूमध्ये प्रदेशका तीन जिल्लामा फैलिएका छन् । एउटा पुस्तादेखि अर्कोसम्म ‘स्वीकार्य प्रथाका रूपमा’ यो प्रचलन कायम रहँदै आएको छ।

विश्वकै अचम्मको प्रचलन समेत त्यो समुदायमा छ। त्यहाँ विवाह फरक तरिकाले गरिन्छ। आफ्नी छोरी दिए बापत माइती पक्षले ‘दाइजो’को रूपमा ठुलो मात्रामा पैसा माग्छन् । कारण हो बुहारी भित्राएपछि यौन व्यवशायमा लगाएर धन आर्जन गरिन्छ । यसैले बुहारीलाई बिहे गरे ल्याइँदैन, किनेर ल्याइन्छ ।

नाबालखकालाई यौनकर्ममा

शताब्दीऔँदेखि बाचरा समुदायको परिवारमा जन्मने जेठी छोरीलाई १०–१२ वर्षको उमेरदेखि यौनकर्ममा लगाइन्छ । जेठी छोरी बूढी हुँदै गएपछि बहिनीहरूले दिदीलाई विस्थापित गर्छन् । एउटा पुस्तादेखि अर्कोसम्म ‘स्वीकार्य प्रथाका रूपमा’ यो प्रचलन कायम रहँदै आएको छ। कतिपय महिलाहरूको त बाबु र दाजुभाइले यौनका लागि ग्राहक खोज्ने काम गर्ने गरेको पनि पाइन्छ ।

हीना मध्यप्रदेशमा बसोबास गर्ने बाचरा समुदायकी एक सदस्य हुन् । उनी जन्मँदा पनि बाबुआमाले उत्सव मनाएका थिए । अहिले उनी ठूली भइन् । उनको दिनचर्या हरेक दिन गाउँका धनाढ्यदेखि ट्रक ड्राइभरसम्मलाई सन्तुष्ट पार्न हो । जन्मेदेखि नै हीनलाई त्यस्तै नरकीय जीवनमा प्रवेश गराइयो । अर्को दुखान्त कुरा त के हो भने उनलाई नाबालिक हुँदा नै यौनकर्ममा लगाइयो ।

उनले भन्छिन् ‘मलाई यस्तो काम गर्न बाध्य बनाइँदा म १५ वर्षकी मात्र थिएँ । मैले स्कुल जान छोड्नुर्‍यो । आमा र हजुरआमाकै जस्तो कर्म थालिरहेकी छु ।’ 

आफू १८ वर्ष पुगेपछि मात्र यो काम नराम्रो रहेको बुझेको उनी बताउँछिन् । तर आयआर्जनको अरू कुनै विकल्प नहुँदा पेसा छाड्न नसकेको उनको भनाइ छ । 

केही वर्षपछि हीनाले पनि छोरी जन्माइन् । त्यसपछि उनलाई अझ धेरै काममा लगाइयो । ‘उनका बच्चाको रेखदेखका लागि भन्दै झन् बढी कमाउन दबाब दिइन्छ, महिना दिनकी सुत्केरी हुँदासमेत मलाई ग्राहकसँग सुत्न पठाए’ हीना भन्छिन् । तर ग्राहकबाट आउने पैसा भने परिवारका अरू सदस्यले जम्मा गर्ने गर्दथे ।

कुमारी खिलावाडीको उच्च मूल्य

बाचराहरू भारतमा तुलनात्मक रूपमा गरिब छन् र परिवारको आर्थिक अवस्था उकास्न महिलाहरूमाथि निर्भर रहन्छन् । स्थानीय गैरनाफामूलक संस्थाका आकाश चौहानका अनुसार यो पेसामा लागेका एक तिहाइ नाबालक नै छन् । उनीहरू अधिकांश ग्रामीण भेगमा या ट्रक ड्राइभर तथा मजदुरहरू आराम गर्न रोकिने राजमार्ग छेउछाउका क्षेत्रमा बस्छन् ।

स्थानीय भाषामा खिलावाडी अर्थात ‘खेल्नेहरू’ भनेर चिनिने कलिला केटीहरू डोरीका खाटमा कहिले एक्लै त कहिले समूहमा ग्राहक कुरिरहेका भेटिन्छन् । त्यहाँ स–साना पसल जस्ता ठाउँ हुन्छन् । जहाँ मोलतोल गर्नेहरू हुन्छन् । त्यस्तो काम भने परिवारका सदस्यले गर्छन् ।

उनीहरूले ड्राइभरहरूसँग पैसाको मोलतोल मिलाउँछन् । त्यो धेरैजसो एक सयदेखि दुई सय भारतीय रुपैयाँ हुन्छ ।  स्थानीयवासीको अनुसार कुमारीहरूले उच्च मूल्य पाउँछन् जुन पाँच हजार भारुसम्म हुनसक्छ । त्यसपछि जति कलिली किशोरीहरू हुन्छन् उनीको मूल्य बढी हुन्छ, जति उमेर बढी भएकी महिला छ उसको मूल्य कम हुँदै जान्छ ।

सङ्क्रमणको सधैँ खतरा 

बाचरा समुदायबारे राष्ट्रिय अखबार द हिन्दुले सन् २००० मा एक रिर्पाेट सार्वजनिक गरेको थियो । जहाँ यौनकर्म गर्नेहरूको रगत परीक्षण गर्दा ५ हजार ५ सय सदस्यहरूमध्ये १५ प्रतिशतको एचआइभी सक्रमित रहेको रिर्पाेट थियो । यस्ता खिलावाडीहरूमध्ये कतिले बच्चा पनि जन्माउँछन् । यौनकर्मी बनेपछि आफ्नो समुदायका युवकसँग बिहे गर्न पनि वर्जित गरिन्छ । 

एनजीओको चेतनामूलक अभियान सुरु

अन्ततः हीनाले स्थानीय गैरनाफामूलक संस्थाको सहयोगमा यो कामबाट बाहिर आउन सफल भएकी छिन् । ‘यस्तो नराम्रो काम गर्न बाध्य भएका केटीहरूले मात्रै यसको पीडा बुझ्न सक्छन् । त्यहाँ कस्तो हुन्छ भन्ने मलाई थाहा छ त्यसैले यस्तो प्रथा अन्त्य गर्न म सहयोग गर्न चाहन्छु ।’ 

तर एनजिओहरूले गरिबी उन्मुलनका लागि महिलाकालागि सीप विकासका तालिम ल्याए पनि सबै ठाउँमा लागू भएका छैन । त्यहाँको शिक्षा र चेतनास्तरको कमीले अझै धेरै किशोरी तथा महिलाहरू यौनकर्मीमै छन् । 

यस्तो परम्परा कसरी सुरु भयो भन्नेबारे थुप्रै भनाइहरू छन् । यी घुमन्ते जातिले पैसा कमाउन कठिन भएपछि गरिबीबाट मुक्ति पाउन यस्तो व्यवसाय अपनाउन थालेको एक थरीको भनाइ छ ।

२८ वर्षसम्म अन्य हुन नसकेको योजना

बाचरामा सन् १९९३ मा यौन व्यवसाय समाप्त पार्ने योजना ल्याइयो । तर अझै त्यो पूर्ण कार्यान्वयनमा आएको छैन । महिला तथा समाज कल्याण विभागका राजेन्द्र महाजनका अनुसार हरेक वर्ष गैरनाफामुखी संस्थाहरूलाई योजना कार्यान्वयन गर्न सहयोग गर्न आग्रह गर्दै विज्ञापन गरिन्छ । तर कसैले पनि अहिलेसम्म त्यो मापदण्ड पूरा गर्न सकेका छैनन् । अभिभावकहरुलेनै आफ्ना छोरीलाई यौन व्यवसाय गर्न लगाउँछन् । तर स्थितिमा बिस्तारै परिवर्तन आइरहेको छ। बाचरा समुदायका नयाँ पुस्ताका सदस्यहरूले अरूतिर जागिर खोजेर या पढाइ नटुटाएर चल्दै आएको प्रथाको विरोधमा लाग्न थालेका छन् ।

हीना पनि एउटा त्यस्तै एउटा कार्यक्रमको सहयोगमा सन् २०१६ मा उद्धार गरिएकी युवती हुन् । उनी भन्छिन् ‘मैले अरू केटीहरूलाई यस्तो कर्ममा नलाग्नेबारे बुझाउन खोज्छु र त्यसबाट बाहिर ल्याउन जे गर्न सकिन्छ त्यसमा सहयोग गर्छु ।’

बिबिसी हिन्दीबाट अनुवाद

यो पनि